आज प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले क्याबिनेट वरियता विवादले मन्त्रिपरिषद् बैठक बस्न नसकेको खबरलाई प्रमुखताका साथ छापेका छन् । मग्लिन-नारायणगढ सडक खण्डमा चट्टानको ढिस्को खसेर भएको क्षतिको खबरले पनि आजको पत्रपत्रिकामा उत्तिकै स्थान पाएको छ ।
आजको अन्नपूर्ण पोस्ट दैनिकले उपप्रधानमन्त्री वरीयता विवादले क्याबिनेट बैठक ठप्प भएको खबरलाई प्रमुखताका साथ छापेको छ । अन्नपूर्णले नै ‘हर्न बजाउन रोक’ शीर्षकमा अर्को खबर लेखेको छ ।
राजधानी दैनिकले ठूला दल चुनावमा केन्दि्रत भएको विषयलाई मुख्य खबर बनाएको छ ।
नयाँ पत्रिका दैनिकले म्यादी प्रहरीमा अत्यधिक आवेदन परेको खबरलाई मुख्य खबर बनाएको छ । ‘ठूला दलले कहिले छान्छन्’ उम्मेदवार शीर्षकमा नयाँ पत्रिकाले अर्को खबर लेखेको छ ।