स्थानिय तहको निवाचनलाई केन्द्रीत गदै युवा संघ कास्कीको कार्यविभाजन


पोखरा – स्थानिय तहको निवाचनलाई केन्द्रीत गदै युवा संघ कास्कीले कार्यविभाजन गरेको छ । युवा संघ कास्कीको बिहीबार सम्पन्न बैठकले पोखरा लेखनाथ महानगरपालिका समन्वय कमिटिको संयोजकमा मोहन सुवेदी र सचिवमा नविन पुनलाई जिम्मेवारी दिएको छ । त्यस्तै सदस्यहरुमा शुनिल तिमिल्सिना, सुविन तिमिल्सिना, सन्दिप कोइराला, अनिल श्रेष्ठ, सुमन शेरचन, विजय तिमिल्सिना, उदिम बराल, लक्षमण रोका, आकाश अधिकारी, विक्रम थापा, मायारानाभाट, सुजना गुरुङ, कृष्णकला केसी, रेजिना बराल, मिनराज खड्का, चोकबहादुर बोगटी, कृष्ण खड्का, विमल क्षेत्री, विष्णुप्रसाद पहारी, अमृतकुमार बराल, शुशिल जिसी रहेका छन् ।

त्यस्तै क्षेत्र नम्वर १ को संयोजकमा शंकर पौडेल संयोजक र कृष्णप्रसाद अधिकारीलाई सहसंयोजक तोकेको छ भने क्षेत्र नम्वर २ मा गणेश बराल संयोजक र सहसंयोजकमा देशभक्त खनाल, क्षेत्र नम्वर ३ मा प्रकाश शर्मा र संहयोजकमा निजाम खान तथा क्षेत्र नम्वर ४ मा चेतनाथ भण्डारी संयोजक र मन्जु जिसीलाई सहसंयोजक तोकेको छ ।

यता चार गाँउपालिका माध्य माछापुच्छे गाँउपालिकाको संयोजकमा मन्जु जिसी, अन्नपूर्ण गाँउपालिकामा शिव अधिकारी, मार्दीगाँउपालिकामा राजु अधिकारी, रुपागाँउपालिकामा राजन सुवेदीलाई संयोजक तोकिएको युवा संघ कास्कीका प्रवत्ता पानबहादुर जिसीले बताए । गाँउपालिकामा सम्वन्धित भुगोलबाट प्रतिनिधित्व गर्ने पुरानो जिल्ला कमिटि, क्षेत्रीय, गाँउकमिटि र वडा कमिटिमा रहेकाहरु सदस्य रहने युवा संघले जनाएको छ ।

त्यस्तै बैठकले महानगरपालिका ३३ वडाका लागी इन्चार्ज समेत तोकेको छ । वडा नम्वर चारमा निजामद्धिन मियाँ, ५ मा सिन्दप कोइराला, ६ मा दिपेन्द पहारी, ८ मा सुमन शेरचन, ९ मा प्रकाश शर्मा, १० मा नविन पुन, १२ मा देशभक्त केसी, १३ मा गणेश बराल, १४ मा अशोक केसी, १६ मा कृष्णप्रसाद आचार्य, १९ मा विकास आचार्य, २० मा तेजनाथ बास्तोला, २३ मा चेतनाथ भण्डारी,२४ मा सोमनाथ भटराई, २५ मा केशव थापा, २६ मा रामचन्द्र तिमिल्सिना, २७ मा मोहन सुवेदी, २८ मा विष्णु भण्डारी, २९ मा प्रविण सुनार, ३० मा कृष्णप्रसाद अधिकारी, ३१ मा बविता सुवेदी, ३२ मा भुवन घिमिरे र ३३ मा किशान सुनारलाई इन्चार्ज तोकेको छ । त्यस्तै बैठकले नयाँ वर्ष २०७४ सालको क्यालेण्डर प्रकाशित गर्ने भएको छ । क्यालेण्डर निकाल्नका लागी सचिव डिल्लिराम सुवेदीलाई संयोजक तोकेको छ । क्यालेण्डर बैशाख १ गते विमोचन कार्यक्रम रहेको युवा संघले जनाएको छ ।

बैठकमा एमाले निवाचन कमिटि कास्कीका अध्यक्ष टिकाराम पंगेनी, युवा संघ गण्डकी अञ्चल अध्यक्ष नवराज ओझा, युवा संघ राष्टिय प्रतिनिधि परिषद् सदस्य शुभाष सापकोटा, केन्द्रीय अनुसाशन आयोगका सदस्य भुवन घिमिरे, प्रेस सल्लाहाकार एकराज गिरी लगायतले युवा संघले आगामी स्थानिय तहको निवाचनमा एकताबद्ध भएर एमालेलाई जिताउन भुमिका खेल्नुपर्ने जोड दिए । बैठक युवा संघ कास्कीका अध्यक्ष विष्णु पुनको अध्यक्षतामा भएको थियो भने संचालन सचिव डिल्लिराम सुवेदीले गरेका थिए ।