कालिकाका अनाथ तथा असाहृय वालवालिकालाई १८ वर्षिय रक्षाको सहयोग


पाेखरा-कालिका ४ कास्कीमा जन्म भई हाल अमेरिकाको न्युयोर्कमा वसोवास गरीरहेकी १८ वर्षयी रक्षा पौडेलले आफ्नो जन्मभुमि कालिका गाविसका अनाथ तथा असाहृय वालवालिकालाई आफ्नो टिफिन खर्च वाट जोगाएको पचाँस हजार रुपियाले शैक्षिक सामाग्रीहरु प्रदान गरेकी छन् ।
हाल अमेरिकामा नै रहेकी पौडेलको सयोग कार्यक्रमका प्रमुख अतिथी नेपाली काग्रेसका पुर्व महामन्त्री तथा पुर्व सभामुख तारानाथ रानाभाटले कालिका गा.वि. स का अनाथ तथा असाहृय २० जना वालवालिकालाई झोला तथा स्टेशनरी समान प्रदान गरेका थिए ।

कार्यक्रममा वोल्दै पुर्व सभामुख रानाभाटले १८ वर्षयी रक्षाको सयोगको प्रशशा गद्र्रे रक्षाका आगामी जिन्दगीका पाइलाहरुले सधै सफल्ता पाईरहुन र धर्म गर्नको लागी मन्दिर नै जानु पर्छ भन्ने नरहेको र यस्तो महान कार्य मन्दिर गए भन्दा धेरै न ठुलो धर्म भएको वताए ।

उक्त कार्यक्रमका अतिथि नेकपा एमालेका कार्यालय सचिव बैन बहादुर अधिकारीले यती सानो उमेरमा यति ठुलो उनको सयोगले सम्पुर्ण कालिकावासीहरु खुशि भएको वताए । कार्यक्रममा लेखनाथ पोखरा महानगरपालिका २८ का सचिव शोभाखर ढकालले कालिकावासीहरु जहाँ भए पनि आफ्नो जन्म भुमीलाई भुल्दैनन भन्ने कुरा रक्षाको सयोगले देखाएको वताए ।

नेपाली काग्रेस कालिका गाँउ कमिटीका अध्यक्ष भानु ढकालले बहीनी रक्षाले जुन टिफिन खर्च जोगाएर गरेको सयोगले अनाथ तथा असाहृय वालवालिकामा पढ्ने जागर पलाएको वताए । नेकपा एमाले कालिका गाँउ कमिटीका अध्यक्ष निर्मल सुनारले रक्षाको परिवार नै सयोगी भावनाको भएकोले रक्षामा पनि सयोगको भावना पलाएको र रक्षाको भविस्य सुन्दरहोस भनि शुभकामना दिएका थिए ।

रक्षाका हजुरवुवा दुर्गा प्रसाद पौडेलले नातीनीले आफ्नो मातृभुमि प्रति केहि गरौ भन्ने भावना पलाएको र आफु जस्तै वालवालिकाहरु शैक्षिक सामाग्री विना स्कुल जाने वातावरण नहोस भनेर टिफिन खर्च वाट जोगाएको पचाँस हजार रुपिया अनाथ तथा असाहृय वालवालिकालाई वितरण गरेको वताए ।
रक्षा American Civil Liberties Union न्युयोर्क च्याप्टरमा बिगत २ बर्ष देखी कार्य गर्दे आएकी छन् । उनले न्युयोर्कमा रहेका हाईस्कुलमा अध्यनरत बिद्यार्थीका समस्याहरुलाई ल्याउने र सो सस्थां मार्फत समधान गर्ने अभिकर्ताका रुपमा काम गर्दे आएकी छन् । त्यसैगरी उनले न्युयोर्कमा हुने गरेका मानबअधिकार हननलाई पनि समधान गर्ने बिभिन्न सघं सस्था मार्फत पहल गर्दे आएकी छन । रक्षा Academy of American Studies हाईस्कुलमा अध्ययन गर्दा टप टेन भित्र पर्दे आएकी छन् । हाल हाई स्कुल सम्पन्न गरी कलेज जाने तयारीमा रहेकी रक्षा पौडेल बिजिनेस म्यानेजमेन्ट अध्यनको लागी कलेज छनौटको अन्तिम तयारीमा रहेकी छन् । हाल रक्षाले अमेरिकाको ३९ औ टप कलेजमा नाम निकालेकी छन् भने उनी हाल भर्ना पक्रियामा रहेकी छन् ।

भबिश्यमा पनि अझ बृहत रुपमा आफ्नो गाँउ तथा देशको लागी पनि अमेरिकामा बसेर लागी पर्ने योजना उनको रहेको टेलिफोन कुराकानीमा वताइन् । यो शुरुपात मात्र हो भबिश्यमा अन्य समाजिक कार्य मार्फत आफनो गाँउको सेवा गर्ने इच्छा रहेको उनले बताइन् ।

जन ज्योती उच्च मा.विका प्र. अ माधव पौडेल उषा किरण प्रा. वि की प्र अ डाल्ला देवी भुजेल लगाएतले रक्षाको सयोगको प्रशशा गद्र्रे कार्यक्रममा वोलेका थिए ।

रक्षाका वुवा विष्णु प्रसाद पौडेल हाल अमेरिकाको न्युयोर्कवाट प्रकाशित हुने नेपालय पाक्षिक पत्रिकाका प्रधान सम्पादक हुन् । पत्रकार पौडेलले पनि सामाजिक तथा सयोगी भावनाका रहेका थिए । उनले आफ्नो पत्रकारिताको माध्यमवाट गरीव तथा असाहृय वालवालिकाको पिडालाई समाचारको माध्यम वाट प्रकाशित गर्ने गरेका छन् । उनले लेखेको समाचारको प्रभावले कालिका गा वि स मा रहेका टुहुरा दलित असाहृय वालवालिकाले केही वर्ष अगाडी सयोग पाएका थिए ।

प्रकाश पौडेलले सन्चालन गरेको उक्त कार्यक्रममा तोयनाथ लामीछानेले स्वागत मन्तव्य राखेका थिए भने रक्षाका हजुर वुवा दुर्गा प्रसाद पौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

आठ वर्ष अगाडी अमेरीका गएकी रक्षाकी एक वहीनी दिक्षा पौडेल पनि छिन् । उनी पनि दिदीको जस्तै आफु पनि समाजसेवा गर्ने चाहना रहेको वताउछीन् । छोरीहरुको समाजसेवा प्रतिको रुचिले आफुहरुलाई आत्म सन्तुष्टि मिलेको वुवा विष्णु पौडेल तथा आमा कमला पौडेल वताउछन् । हाल धेरै नेपालीहरु विदेश पलाएन भइरहेकको र आफ्नो जन्म भुमिलाई चटक्कै माया मार्ने प्रचलन रहेको अवस्थामा रक्षाको सयोगले सवै नेपालीहरुलाई आफ्नो जन्म भुमि प्रति केही सयोग गर्नको लागी प्रेरणा मिलेको छ ।