बार्सिलोना/ नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइराला आज बिहान स्पेन आईपुगेका छन्। नेपाली जनसम्पर्क समिति स्पेनको पाँचौ अधिबेशनलाई सम्बोधन गर्न महामन्त्री कोइराला बार्सिलोना आएका हुन्। कोइरालासँगै केन्द्रीय प्रतिनिधिको रुपमा काँग्रेस नेता सुरेन्द्र पाण्डे पनि स्पेन आएका छन्।
कोइरालासहित काँग्रेस नेताहरुको स्वागतका लागि स्पेनका काँग्रेसीहरु बिमानस्थल पुगेका थिए। समितिका अध्यक्ष शालिकराम डुम्रे,संस्थापक अध्यक्ष चिन्तामणी सापकोटा लगायतले बिपीपुत्रको स्वागत गरेका छन्। भोलि हुने अधिबेशनलाई प्रमुख अतिथिको रुपमा कोईरालाले उद्घाटन गर्दै छन् ।
महामन्त्री कोईराला यसअघि बेल्जियमको अधिबेशन तथा नेदरल्याण्ड र डेनमार्कको अन्तरक्रियामा सहभागी बनेका थिए। जनसम्पर्क समिति स्पेनको पाँचौ अधिबेशन भोलि हुँदैछ।