बार्सिलोना/ नेपाली जनसम्पर्क समिति स्पेनको पाँचौ अधिबेशनवाट नयाँ नेतृत्वको लागि चुनाबी माहोल सृजना भएको बेला निर्बाचन समितले मतदाता संख्या सार्बजनिक गरेको छ। क्रियाशिल सदस्यता ५ सय ४ जना तथा साधारण सदस्यता ५ सय १३ जना गरी १ हजार १७ जना मतदाता संख्या रहेको बिबरण सार्बजनिक भएको हो।
निर्बाचन समितिका संयोजक चिन्तामणी सापकोटाले क्रियाशील सदस्यता केन्द्रमा ५ सय १२ जना पठाईएको बताई पनि केन्द्रबाट ५ सय ४ जनाको नामावली दिएको हुँदा सोहि संख्यालाई निर्बाचन समितिले प्रकाशित गरेको बताए। दाबी बिरोधको समेतमा बाँकी ८ जनाको नाम ल्याएमा पुन: नामावली प्रकाशित गर्दा यो बारे निर्णय गरिने जानकारी समेत दिए।
मतपत्र कसरी तयार हुदैछ भन्ने नेपालीनेपाली डटकमको प्रश्नमा संयोजक सापकोटाले भने,”अहिले उम्मेद्वार बीच छलफल हुँदैछ,प्यानल सहित वा छुट्टाछुट्टै निकाल्ने बारे सुझाव लिएर अन्तिम निर्णय निर्बाचन समितिले नै गर्ने छ।” आईतबार हुने अधिबेशन अगाबै सहमतिको सम्भावना निकै न्यून रहेको बताईन्छ।
रिजाल र शर्माको प्यानल चुनाबी मैदानमा
नेपाली जनसम्पर्क समिति स्पेनको आगामी नेतृत्वका लागि बिष्णु रिजाल र इन्द्र प्रसाद शर्मा छुट्टाछुट्टै प्यानल सहित चुनाबी मैदानमा उत्रिएका छन्। दुवै पक्षले आ-आफ्नो समूहको प्रचारका लागि ब्यस्त देखिएका छन्।
अध्यक्षका उमेद्वार रिजाल प्यानलमा,उपाध्यक्ष पदका लागि सन्तोष श्रेष्ठ र बिदुर गौतम,महामन्त्रीमा रामप्रसाद सापकोटा “बिराज”,सह-महामन्त्रीमा राम प्रसाद चालिसे र कोषाध्यक्षका लागि अर्जुन पोख्रेल रहेका छन्।
यस्तै शर्माको प्यानलबाट प्रकाश भट्टराई र राम सापकोटाले उपाध्यक्षमा उम्मेद्वारी दिएका छन्। महामन्त्रीमा हिरालाल सापकोटा “डायमण्ड”,सह-महामन्त्री रमेश प्रसाद पाण्डे र कोषाध्यक्षमा सुस्मिता कंडेलको उमेद्वारी परेको छ। ७ जना सदस्य निर्बाचित हुने भए पनि दुवै प्यानलबाट ६-६ जनाको उमेद्वारी परेको छ।
सदस्य पदका लागि शर्मा नेतृत्वको प्यानलमा राजेश रेग्मी,मुक्ती प्रसाद श्रेष्ठ,सुभाष आचार्य,अन्जु तिमिल्सिना अधिकारी, राहुल खड्गी र लक्ष्मण खत्रीको उमेद्वारी परेको छ भने रिजालको प्यानलमा बिनोद लामिछाने,लोकबन्धु बस्नेत,सुभाष बहादुर बिष्ट ,मुकेश कुमार क्षेत्री,रामचन्द्र बुढाथोकी र सुसन गौतमले उमेद्वारी दर्ता गराएका छन्। शर्माको प्यानलबाट भने कोषाध्यक्ष र सदस्य पदमा गरी २ जना महिलाहरुको समेत उम्मेद्वारी परेको छ।
के भन्छन् अध्यक्ष प्रत्यासीहरु ?
अध्यक्ष पदका लागि दाबी गरेका रिजालले सक्षम,अनुभबी र कर्मठ साथीहरुलाई समेटेर एउटा राम्रो टिम सहित प्यानल तयार गरेको बताएका छन्। उनले भने, “बर्तमान कार्यसमितिका हामी दुई उपाध्यक्षहरु मिलेर नै मेरो नेतृत्वमा समुह बनाएका हौ,जनसम्पर्क समितिलाई सुदृढ र सक्षम बनाउँदै समग्र स्पेनबासी नेपालीहरुको हक,हित र अधिकार संरक्षण लागि साथै बिभिन्न संघ संस्थाहरु सहकार्य गर्नका लागि पनि टिमलाई नै बिजयी गराउँन अनुरोध गर्दछु।”
समितिका बर्तमान उपाध्यक्ष द्वय रिजाल र श्रेष्ठ एनआरएन स्पेनका पुर्ब महासचिव र प्रबक्ता हुन् भने दुवै जना नेपाली काँग्रेसको १३ औ महाधिबेशन प्रतिनिधि समेत हुन्। रिजाल कै समुहका अर्का उपाध्यक्ष उम्मेद्वार गौतम नेपाली जनसम्पर्क समिति डेनमार्कका पुर्ब महामन्त्री हुन् भने ,महामन्त्री पदका प्रत्यासी सापकोटा एनआरएनए स्पेनका सचिव हुन्।
यस्तै अध्यक्ष पदका अर्का दाबेदार शर्माले आँफूहरुले क्षेत्र,भेग तथा महिलाहरुलाई समेत प्रतिनिधित्व गराउँदै एउटा बलियो समाबेशी टिम सहित निर्बाचनका लागि तयार भएको बताएका छन्। उनले भने,” पुराना अनुभबी देखि युवा पुस्तालाई समेटेर समाबेशी टिम बनाएका छौ।
नेपाली काँग्रेसको मुल्य र मान्यतालाई आत्मसाथ गर्दै स्पेनका रहेका नेपाली समुदायलाई जनमुखी र भावाना मुखी बनाउँने हाम्रो अभिप्राय रहेको छ भने, स्पेनका नेपालीहरुको पहिचान गराउँने,आबस्यकता परिपूर्ति गर्न तथा यहाँका सम्पूर्ण संस्थाहरु मिलेर अघि बढ्न नै हाम्रो उमेद्वारी हो।”
बर्तमान उपाध्यक्ष रहेका शर्माले, पुर्ब कोषाध्यक्ष सापकोटा, पुर्ब कार्यबाहक महामन्त्री भट्टराई तथा बर्तमान प्रबक्ता सापकोटालाई समेटेर समुह खडा गरेका हुन्।
भोट कम खस्छ,कारण यस्तो छ :-
निर्बाचन समितिले मतदाताहरुको नामावली सहित संख्या समेत सार्बजनिक गरिसके पछि अब ध्यान सबैको त्यतै नै केन्द्रित भएको छ। समितिले केन्द्रमा क्रियाशील सदस्यताहरु पठाउँदा बार्सिलोना भन्दा बाहिर रहेकाहरुलाई समेत समेटेको हुँदा मतदाता सूचीमा नामावली रहेको छ।
तर बार्सिलोना बाहिरबाट निर्बाचनमा सहभागी बन्ने सम्भाबना लगभग शुन्य जस्तै भएकाले मतदाता संख्या १ हजार १७ को आँकडा देखिए भोट भने कम खस्ने निश्चित नै छ। कतिपयलाई नामावलीमा समाबेश गरिएता पनि चासो र रुचि नराख्नेहरुले सहभागिता नजनाउँने नै देखिन्छ।
चुनाव जित्न के गर्ने ?
यस अघि पनि जनसम्पर्क समितिले चुनावबाट नयाँ नेतृत्व चुनेको भए पनि यसपटकलाई भने बिशेष रुपमा हेरिएको छ। चुनाव जित्नको लागि मतदानमा भाग लिनेको पक्का सूची तयार गर्नु नै अहिलेको रणनीति रुपमा लिईएको छ।
चुनावमा समय नै निकालेर भोट खसाल्ने पक्का जस्तो मतदातासँग भेटबार्ता, सम्पर्क,वा आफ्ना बिचार राखेर उमेद्वारले बिश्वास दिलाउँन सके निकै प्रभावकारी हुने देखिन्छ। अहिलेको चुनावमा आ-आफ्नो भेग र क्षेत्रको उमेद्वारलाई पनि बिशेष रुपमा हेरिएको केहिँ मतदाताहरुको प्रतिक्रिया छ। प्यानललाई भन्दा पनि व्यक्तित्व हेरेर मतदान गर्ने तरखरमा मतदाताहरु रहेको पाईन्छ।
भर्खर परिबार सहित स्पेन आएकाहरु पनि मतदाताको सूचीमा भेटिएकाले समाजमा नामै चलेको वा सामाजिक रुपमा सक्रिय नै व्यक्तित्वले नै चुनाव जित्छ नै भनेर ढुक्क हुने अबस्था देखिदैन। मतदातासँग सम्पर्क गरेर आफ्नो विचार सहित बिश्वास दिलाउँनु नै उमेद्वारका लागि चुनाव जित्ने ठुलो हतियारको रुपमा हेरिएको छ।
आईतबार हुने अधिबेशनको नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले उद्घाटन गर्दै छन् भने केन्द्रीय प्रतिनिधिको रुपमा काँग्रेस नेता सुरेन्द्र पाण्डेको पनि उपस्थिति रहने छ।