अन्तर्राष्ट्रिय महिला दिवस पोखरामा मनाइयो


पोखरा- १०७ औँ अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्षमा आज पोखरामा तीनवटा संस्था र एक व्यक्तिलाई सम्मान गरिएको छ । महिलाहरुको शसक्तीकरणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै कोपिला नेपाल पोखरा, ज्योति महिला विकास तथा वचत सहकारी संस्था आर्वाविजय,सकृय महिला विकास वचत तथा ऋृण सहकारी संस्था पुम्दी भुम्दी र व्यक्ति तर्पm कास्कीको ढिकुरपोखरीमा अवस्थित दिगो महिला विकास वचत तथा ऋृण सहकारी संस्थाका संचालक राधा कुंवरलाई सम्मान गरिएको छ ।

“महिला सम्मानको आधार, सीपयुक्त हात” मूल नाराका साथ १०७ औं अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समितिद्धारा आज पोखरामा आयोजित कार्यक्रममा महिला सांसदद्धय शारदा पौडेल र सीता गिरी ओलीले दोसल्ला ओढाएर संस्था तथा व्यक्तिलाई सम्मान गरेका थिए ।मूल समारोह समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा सांसदद्धय शारदा पौडेल र सिता गिरी ओली, नेकपा एमालेका अध्यक्ष कृष्ण थापा,नेपाल महिला संघकी केन्द्रीय सदस्य तारा अधिकारी, पोखरा विश्वविद्यालयका सह प्रशासक रजनी केसी लगायतले वोलेका थिए ।

यस अघि पोखराको सिर्जनाचोकवाट शुरु भएको र्याली रत्नचोक,राष्ट्रवैंक चोक हुंदै जिल्ला विकास समितिको प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो ।र्यालीमा महिला अधिकारको क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पंचामृत नाट्य समुह पोखरले महिला अधिकारसंग सम्बन्धित नाटक होसियार मञ्चन गरेको थियो ।

यता पोखरेली महिला गायिकाहरुको साझा संस्था हार्मोनी मोडर्न सङ्स स्ट्रेसेस अफ पोखराले अन्तर्राष्ट्रि महिला श्रमिक दिवसको सन्दर्भ पारेर बुधबार असहाय बालबालिकालाई कपडा वितरण गरेको छ ।

हार्मोनीले गत माघ ९ गते पोखरामा गरेको हार्मोनी साँझबाट बचत भएको रकमबाट हिमाली बाल कल्याण संरक्षण मन्च, भकुन्डेमा आश्रित ३४ जना बालबालिकालाई प्रमुख अतिथि हरिदेवी कोइरालाले कपडा वितरण गरेकी हुन् ।

हार्मोनीकी अध्यक्ष इतु जोजिजूको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कोइरालाले पोखरेली महिला गायिकाहरुले सङ्गठित भएर समाजको उन्नतिका लागि गरेको कार्यले आफूलाई गौरव लागेको बताइन् । उनले गायनका माध्यमबाट समाज परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका खेल्न सकिन्छ भन्ने उदाहरण हार्मोनीले दिएको भन्दै टिमको प्रशंसा गरिन् ।

कार्यक्रममा जनसांस्कृतिक महाङ्घका प्रदेश नं. ४ का इन्चार्ज तथा हार्मोनीका सल्लाहकार मनकुमार श्रेष्ठ, हिमाली बाल कल्याण संरक्षण मन्चका प्रमुख टङ्कप्रसाद गुरुङलगायतले बोलेका थिए ।