कांग्रेस-माओबादी देश बेच्न लागे : युवा संघ नेपाल अध्यक्ष राजिब पहारी


पोखरा – नेकपा एमालेको जनबर्गीय संगठन संगठन युवा संघ नेपाल का केन्द्रीय अध्यक्ष राजिब पाहारीले कांग्रेस माओबादी देश बेच्न लागि परेको आरोप लगायका छने ।

पाहारिले कांग्रेसले पटक पटक सत्तामा रहेर पनि देश र जनताका निम्ति उल्लेखनीय काम केहि गर्न नसकेको भन्दै अब जनताले सो पार्टीलाइ बिश्वाश नगर्ने र माओबादी चाहे सत्तामा रहेर होस चाहे जनयुद्धको नाममा जंगल बाट होस सधै जनतालाइ सास्ती मात्रै दियको बताए । अध्यक्ष पहारीले युबा संघ पोखरा वडा कमिटि १७ को बिस्तारित भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

उनले रास्ट्रीयता माथिको कुनै पनि हर्कत र धोकाधडी आम देश प्रेमी युबा हरुलाई सह्य नहुने भन्दै सोहि कुराको पर्दा फास गर्न युबा संघ नेपाल पहिलो पटक मधेश जागरण अभियान शुरु गरेको बताए ।

कार्यक्रममा बोल्दै एमाले कास्कीका प्रचार बिभाग प्रमुख एबम् पोखरा नगर कमिटि संयोजक तेजा नारायण अधिकारीले देश र जनताको सुरक्षाका खातिर एमालेको मेची (काली अभियान शुरु भयको भन्दै अबको स्थानीय निर्बाचनमा पहिलो शक्तिको रुपमा आफ्नो पार्टीलाई स्थापित गराउन सम्पूर्ण युवाहरु लागि पर्न आग्रह गरे। सो कार्यक्रममा एमाले पोखरा १७ का अध्यक्ष सुबाश ढुंगाना युबा संघ गण्डकी का सचिब शिबराज आचार्य , संघकै जिल्ला अध्यक्ष बिष्णु पुन , संघ क्षेत्र न ३ कास्कीका अध्यक्ष राजेन्द्र पौडेल ,लगायतले मन्तब्य गरेका थिए ।

वडा कमिटि १७ का अध्यक्ष बिक्रम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब कृष्ण पौडेल र स्वागत संयोग तिमिल्सिनाले गरेका थिए ।