बार्सिलोना/ नेपाली जनप्रगतिशील मञ्च स्पेनले धुर्मुस – सुन्तली फाउन्डेसनलाई दोस्रो चरणमा पनि सहयोग गरेको छ। फाउन्डेसनले निर्माण गर्न लागेको मुसहर बस्तीका लागि पनि मञ्चले ६५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो।
यस अघि गिरान्चौर एकीकृत नमुना बस्ती निर्माणको लागि पनि मञ्चले ३ लाख ७० हज़ार रुपैयाँ सहयोग हस्तान्तरण गरेको थियो।
सहयोग प्राप्त पछि कलाकार जोडी सिताराम कट्टेल र कुन्जना घिमिरेका साथै धुर्मुस – सुन्तली फाउन्डेसन परिवारले मञ्चलाई धन्यवाद तथा आभार प्रकट गरेका छन्। दोस्रो चरणको सहयोग उपाध्यक्ष रमेश पौडेलका पिता प्रेम नारायण पौडेल मार्फत सहयोग हस्तान्तरण गरिएको मञ्चले जनाएको छ।