– माधव सापकोटा
अध्यक्ष पदको उम्मेद्वार,नेपाली जनसम्पर्क समिति बेल्जियम
“अग्रजहरुलाई सम्मान – युवाहरुलाई प्रोत्साहन, सुद्रिढ संगठन र सामाजिक एकता – हाम्रो अभियान” आदरणीय बेल्जियमवासी सम्पूर्ण प्रजातन्त्रप्रेमी नेपाली समुदायमा जय नेपालको न्यानो अभिबादन ! साथीहरू राजनैतिक यात्रामा प्रतिस्पर्धा स्वाभाबिक प्रकृया हो । स्वच्छ प्रतिस्पर्धा नै लोकतन्त्रको उच्चतम अभ्यास हो । पार्टिको सिद्धान्त र आदर्शलाई केन्द्रबिन्दु मान्दै प्रबासी नेपाली समुदायमाझ जनसंपर्क समितिको भूमिका र कर्तब्यलाई अरु थप उर्जाशिल बनाउन आसन्न निर्वाचनलाई आन्तरिक सहमति र सर्बसम्मत नेतृत्व चयनको एउटा अबसरको रूपमा उपयोग गर्न म यहाँहरु समक्ष नेत्रित्वदायी उम्मेदवार भएर उभिएको छु ।
सम्पूर्ण कृयाशिल कांग्रेस मित्रहरुलाई समेट्दै अग्रजहरुको योगदानलाई मार्ग निर्देशकको रूपमा आत्मसात गर्दै नयाँ कृयासिल युबाहरु माझ प्रेरणा र प्रोत्साहन दिलाउन मेरो उम्मेद्बारी रहेको जानकारी सँबन्धित सबैमा अनुरोध गर्दछु । लोकतन्त्रको सर्बब्यापी सिद्धान्तलाई सिरोपर गर्दै मेरा बिगत र बर्तमानको प्रिष्ठभूमी र जुझारु योगदानको आधारमा सबै बेल्जियम बासी कांग्रेसजनहरुको सर्बसम्मत उमेदवार बन्नेमा म पूर्ण आशाबादी छु । यद्दपी नेत्रित्व चयनका लागि निर्वाचन प्रकृयालाई अँगाल्न आबस्यक परेमा स्वस्थ प्रतिस्पर्धा, आचार सँहिता, संस्थाको विधि मूल्य मान्यता र अनुगमनलाई पालना गर्दै यहाँहरु माझ द्रिढ भएर उभिने विश्वाश पनि दिलाउन चाहन्छु । लोकतान्त्रिक बिधि, पारदर्शिता, पार्टी अनुशासन, सामुहिक नेत्रित्व र कार्यशैली, एक पद-एक ब्यक्ति-एक कार्यकालको अवधारणालाई मन वचन र कर्मले कृयान्वयन गर्ने अठोट सहित अध्यक्ष पदमा उभिने निधो गरेको छु । संस्थागत आन्तरिक सुद्रिढिकरण, एकता र सद्भाबको कायम, नेपाली समुदायको बृहत्तर हित, बेल्जियम स्थित नेपाली संघ संस्था र सबै नेपालीबीचमा एकता र भात्रित्वको बिकास तथा नेपालको समग्रमा प्रबर्द्दन गर्नका लागि अधिकतम प्रयत्न गर्नेमा मेरो प्रतिबद्धता रहनेछ ।
अग्रजहरुको विश्वाश समर्थन र नयाँ साथिहरुको प्रेरणादायी उर्जाले नै मलाई मार्ग निर्देश गर्न सक्नेमा बिस्वस्त छु । मेरा बिगतका राजनितिक तथा सामाजिक प्रिष्ठभूमीहरुको साराँश पेश गर्दै बर्तमान सन्दर्भमा निम्नानुसार प्रतिबद्धता साथ जनसंपर्क समिति बेल्जियमको आसन्न निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारि घोषणा गर्दछु ।
नेपालमा रहँदाको राजनीतिक पृष्ठभूमि :
– बि स २०५० नेबिसंघ सदस्यता ग्रहण – जनजाग्रिती मा बिमा इकाइ सचिब
– २०५२ गलकोट उच्च मा बि – ने बि संघ इकाइ अध्यक्ष
– २०५४ बाग्लुङ क्षेत्र न २ – छेत्रीय सचिब
– २०५५ महेन्द्र बहुमुखी क्याम्पस नेबिसँघ – स्वबियु सह सचिब पदमा उम्मेदवार
– २०५६ नेबिसंघ जिल्ला कार्यसमिति सदस्य
– २०५७ महेन्द्र बहुमुखी क्याम्पस इकाइ समिति उपाध्यक्ष
– २०५९ नेबिसंघ बाग्लुङको अध्यक्ष
– २०६० त्रिभुवन विश्व बिद्द्यालय किर्तिपूर – नेबिसंघ ईकाइ सदस्य स्वबियू सदस्यको उम्मेदवार
नेपाली कांग्रेसद्वारा संचालित बिभिन्न आन्दोलन र अभियानहरुमा युवा समूहको अग्र मोर्चामा रहेर काम गरेको । २०६१ सालमा राजतन्त्र बिरुद्धको निर्णायक संघर्षको दौरानमा प्रहरी भिडन्तमा परि सख्त घाइते तथा ५ दिन प्रहरी हिरासतमा रहेको । बेल्जियममा रहँदाको राजनितिक तथा सामाजिक प्रिष्ठभूमी – सन २००६ नेपाली जनसंपर्क समिति – महामन्त्री – सन २००६ गैर आबासिय नेपाली संघ – कार्यसमिति सदस्य – सन २००८ नेपाली जनसंपर्क समिति – उपाध्यक्ष – सन २०१३ गैर आबासिय नेपाली संघ – महासचिब उपरोक्त मेरा कार्यभार र जिम्मेवारिका अनुभबहरुलाई अझ परिस्क्रित र समय सापेक्ष उपयोग गर्दै संस्थाको भावी नेत्रित्वका लागि नेपाली जनसंपर्क समिति बेल्जियमको अध्यक्ष पदमा निर्वचित गराउन हुन सम्पूर्ण नेपाली काँग्रेसप्रति आस्थावान नेपाली जसंपर्क समिति बेल्जियमका कृयाशिल सदस्यज्यूहरुमा हार्दिक अनुरोध गर्दछु । साथै संस्थाको शुभचिन्तक महानुभावहरु, सहकार्य गर्दै आइरहेका बेल्जियम स्थित नेपाली संघ संस्थाहरु, सामाजिक अभियन्ताहरु र पत्रकार मित्रहरुमा पनि सहयोग समर्थनको लागि हार्दिक अनुरोध गर्दछु ।
जय नेपाल
माधव सापकोटा
अध्यक्ष पदको उम्मेदवार
नेपाली जनसंपर्क समिति, बेल्जियम ।