महायज्ञको सफलताले पुम्दीकोटको मुहार फेरिदै छ-चन्द्रकान्त बराल


पोखरा/  जीवनमा दुख कठिनाईलाई सामाना गरेर अगाडि बढ्दै सफलता हासिल गरेका एक सफल ब्यबसायी हुन् चन्द्रकान्त बराल। ३६ बर्ष अगाडि जग्गा बैंकमा धितो राख्दै एक लाख ५० हजार रुपैयाँ ऋण लिएर ब्यबसाय सुरु गरेका बराल आज पोखराको सफल ब्यबसायी हुन्।

जसरी आफ्नो ब्यबसायमा सफलता हासिल गर्न ठुलो उदेश्य बोके त्यस्तै सामाजिक काममा पनि उनको संकल्प उस्तै नै छ।पर्याप्त पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको कास्कीको पुम्दीकोटमा १०८ फिटको विशाल महादेव मूर्ति निर्माण गरी पोखराको पर्यटकीय विकासमा टेवा पुर्‍याउने लक्ष्य उनको सपना छ।

अभियालाई संयोजन गर्दै बराल आफ्नो सपनाको धेरै नजिक पुगेका छन्।  ‘समृद्धि र विकास : बेरोजगारी र विदेश पलायन हुनेहरूका लागि निकास’ भन्ने मूल नाराका साथ रमणीय पुम्दीकोटमा शनिबार सम्पन्न महाशिव पुराण एवं धार्मिक पर्यटन महोत्सवले बराललाई सपनाको धेरै नजिक पुर्याएको हो।unnamed-12महापुराणमा करिब १० करोड रुपैयाँ संकलन भएको छ भने करीब २० रोपनी जग्गा समेत प्राप्त भएको छ । त्यसो त उनै बरालले महायज्ञमा सवै भन्दा बढी एक करोड एक लाख ११ हजार एक सय ८ रुपैया सहयोग गरेका छन्। महायज्ञ सम्पन्न भए पछि बराल भन्छन्,” महायज्ञको सफलताले पुम्दीकोटको मुहार फेरिने छ,हामी उदेश्यको धेरै नजिक पुगेका छौ,तर अझै पनि धेरै गर्न बाँकि नै छ, यो सफलतासँग म एक्लै हैन,पुम्दिकोटको सपना देख्ने सबै सहयोगी मनहरु जोडिएका छन्।”

पोखरा उपत्यका सहित हिमाली श्रृङखला प्रष्ट देख्न सकिने उत्कृष्ट भ्यू प्वाइन्ट पुम्दीकोटमा शिबको विशाल मुर्ती निर्माणका लागि महायज्ञबाट सोचे अनुरुप रकम संकलन भए पछि झनै उत्साह मिलेको बराल बताउँछन्।IMG_3006

पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किलोमिटर दक्षिण पश्चिममा पर्ने पुम्दीकोटलाई बिशेष पर्यटकिय क्षेत्र बनाउने योजना रहेको छ। पुम्दीकोट बिशाल महादेव मुर्ति निर्माण, उपभोक्ता एवम् पर्यटन प्रबद्र्धन समितिले पुम्दीकोटको पर्यटक प्रबद्र्धनका लागि आगामी पाँच बर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २१ करोडको योजना अघि सारेको हो।

समितिका संयोजक बराल भन्छन्,”अब पोखरालाई माया गर्ने,समग्र देशको पर्यटन बिकासमा चासो राख्ने गैर आबासीय नेपालीहरु (एनआरएन) बाट पनि सहयोग आउँने अपेक्षा गरेका छौ।”

पुम्दीकोटको झण्डै १७ रोपनी जमिन मध्ये १२ रोपनीमा भ्यू टावर, शिवको मुर्ती, शहिद स्मृति पार्क, आकर्षक वाटर फाउण्टेन, बहुउद्देश्यिय भवन, बगैचा लगायतका संरचना निर्माण गर्ने योजना छ । ५ वर्षभित्र सम्पूर्ण योजना  पुरा गर्ने लक्ष्य रहेको छ भने स्मृतिपार्क र शिव मूर्ति निर्माण कार्य २ वर्ष भित्रमा सम्पन्न गरिने योजना रहेको छ।