गरिबी निवारण गर्न गठित सहकारी तथा गरिबी निवारण मन्त्रालय बेकम्मा भएको छ । मन्त्रालयसँग काम नहुदा मन्त्रीसमेत आजित भएको खबर छ ।
गरिबका लागि सञ्चालन गरिने कुनै पनि कार्यक्रम यस मन्त्रालयसँग छैनन् । गरिबी निवारणका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अर्थ, स्थानिय विकासलगायत मन्त्रालयले कार्यक्रम सञ्चालन गर्दै आएपनि मन्त्रालयले कुनै कार्यक्रम पाएको छैन ।
सरकारकै योजनाअनुसार मन्त्रालयले मुलुकका २५ जिल्लामा गरिबीको रेखामुनि रहेका जनताको पहिचान गरेको थियो ।
तर मन्त्रालयले कार्यक्रम त के गरिब परिचयपत्र वितरणसम्म गरेको छैन । २५ जिल्लामा ३ लाख ९७ हजार गरिब भेटिएपनि उनीहरुका लागि कार्यक्रम दिन नसकेको सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले स्विकारे ।आजको नागरिक दैनिकमा खबर छ ।