मन्त्री हितराज पाण्डेले एउटा आयोजना हचुवामा उद्घाटन गरे (छापाबाट)


एसियाली विकास बैंक को सहयोगमा सुरु भएको ४० करोड लागतको एउटा आयोजना संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले हचुवामा उद्घाटन गरेको पाइएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

काठमाडौं महानगरपालिकाको प्रशासन र राजश्व प्रणाली (मार्स) लाई थप चुस्त पार्न विद्युतीय सुशासन सेवाको नाममा गत पुस २५ गते मन्त्री पाण्डेले राष्ट्रिय शभागृहमा डिजिटल प्रणाली उद्घाटन गरेका थिए ।

तर अहिले पनि त्यो आयोजनाले पूर्णता पाएको छैन । महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले मातहत कर्मचारीसँग आवश्यक छलफल नै नगरी एकलौटी ढंगबाट आयोजनाले पूर्णता पायो भन्दै उद्घाटन गराएपछि कर्मचारी चकित परेका छन् ।