पोखरा- पाहुना टोली बंगलादेशको नारायणगज एफसीलाई २–० गोलले पराजित गदै संकटा क्लब पोखरामा जारी १५ औ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आहा राराको चार पटकको विजेता नेपाल पुलिसलाई २–१ गोलले पराजित गदै क्वारटफाइनल पुगेको संकटाले फाइनल प्रवेशका लागी विहिबार चिरपरिचित मनाङमस्याङर्दी क्लबसंग प्रतिस्पर्धा गर्ने छ ।
संकटालाई सेमिफाइनल पुर्याउन निराजन खड्का र विश्वास श्रेष्ठले गोल गरे । आहा रारा गोल्ड कप खेल्न अन्तिम समय पोखरा उत्रेको बंगलादेशी टिम विरुद्ध गोल गर्न संकटालाई दोश्रो हाफ कुनुपर्यो । आयोजकले पूर्व निर्धारित बंगलादेशको प्राराजगज स्र्पोर्टिङ क्लब आउने प्रचार गरेपनि अन्तिम समयमा प्राविधिक कारण देखाउँदै भाग नलिने जनाएपछि बंगलादेशकै नारायणगज टोली सोमबार राती पोखरा आएको थियो ।
लामो यात्रा र थकानसंगै मैदान उत्रेको बंगालादेश विरुद्ध पहिलो हाफमा गोल गर्ने थुप्रै अवसर सृजना गरेपनि संकटा सफल हुन सकेन् । पहिलो हाफ गोलरहित बराबरीमा खेलेको संकटाले ५३ औ मिनेटमा गोलको आत्मसाथ गर्यो । ५३ औ मिनेटमा कोरालारबा फ्रोलेन्टकोनको पासमा निराजन खड्काले गोल गरेपछि संकटाले अग्रता लियो ।
खेलको अन्तिम समयमा थप गरिएको पहिलो मिनेटमै विश्वास अधिकारीले मिलाइदिएको छोटो पासमा विश्वास श्रेष्ठले गोल एरियाबाट बललाई पोष्टको सम्पर्कमा पुर्याएपछि सेमिफाइनल यात्रा पक्का बन्यो । बुधबार अायोजक सहारा क्लव र त्रिभुवन अार्मी क्लवकाबिच पहिलो सेमीफाइनल खेल हुने आयोजक सहारा क्लवले जनाएको छ ।