संविधान संसोधन प्रस्ताव घातक : एमाले वरिष्ठ नेता खनाल


पोखरा – एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संसोधन प्रस्ताव घातक रहेको बताउदै एमालेले कुनै हालतमा सहयोग नगर्ने बताएका छन् । प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान प्रक्रियामा लैजाने नभएर थाती राखेर जानुपर्ने बताए ।

‘संविधान प्रक्रियामा लैजाने हैन्, थाती राखेर जानुपर्छ नत्र दुर्घटना हुन्छ ।’ उनले देशलाई घात गर्ने विषयवस्तुलाई प्रक्रियामा पनि लैजान नहुने बताए । संविधान कार्यान्वयनका लागि सरकारले अविलम्व निवाचन घोषणा गर्नुपर्ने उनले बताए । नेता खनालले स‌‌विधान संसोधनधन्दा कार्यान्वयन एमालेको प्रमुख मुद्दा भएको समेत बताए ।
प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न भएको पत्रकार भेटघाट कार्यक्रममा स्वागत उपाध्यक्ष रामजी लम्साल र संचालन सहसचिव मोतीसागर अधिकारीले गरेका थिए ।