वकिलहरुले बहस पैरवी बहिस्कार गरेपछि विचाराधीन हजारैं मुद्दा प्रभावित (छापाबाट)


उच्च अदालतमा न्यायाधीश नियुक्तिको विरोध गरेको सरकारी वकिलहरुले बहस पैरवी बहिस्कार गरेपछि मुलुकभरका अदालत तथा न्यायाधिकरणहरुमा विचाराधीन हजारैं मुद्दा प्रभावित भएको छ ।

सरकारी वकिलहरु बहसका लागि अनुपस्थित भएपनि कतिपय अदालतमा एकातर्फी बहसपछि अदालत निर्णयमा पुगेको थियो ।

सर्वोच्च अदालतमा न्यायाधीशहरु गोपाल पराजुली र चोलेन्द्रशमशेर जबराको इजलासमा सरकारी वकिल प्रतिनिधि हुने प्राय मुद्दा स्थगित थिए भने अन्य इजलासमा सुनुवाइ भएको थियो ।

न्यायापरिषद्ले दुई साता अघि गरेको न्यायाधीश नियुक्तिको सिफरिसलाई लिएर असन्तुष्टि जनाउँदै सरकारी वकिलहरुले हिजोदेखि अनिश्चित्कालिन रुपमा बहस पैरवी बहिष्कार गर्ने निर्णय गरेका थिए । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।