धरानलाई ४–१ पराजीत गर्दै मनाङ मस्र्याङदी सेमीफाइनलमा


पोखरा- मनाङमस्यार्ङी क्लबले धरान फुटबल क्लबलाई ४–१ को सहज जित निकाल्दै पोखरामा जारी १५ औ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको अन्तिम दुईमा स्थान पक्का गरेको छ । चार पटकको उपाधि विजेता मनाङको जितमा कप्तान अनिल गुरुङ र सुजल श्रेष्ठले समान दुई/दुई गोल गरे ।

धरानका लागी सान्त्वना गोल दिपक राईले गरे । पोखरेली मैदानमा बनाएको साग जोगाउदै मनाङले सेमिफाइनलको यात्रा तय गदै उपाधिको दावेदारी प्रस्तुत गर्यो । पोखरेली मैदानमा चार पटक उपाधि उचालेको मनाङको १३ औ सहभागीता हो । १३ औ सहभागीतामा नौ पटक फाइनल र चार पटकको विजेता हो । धरानको आहा रारामा यो १३ औ सहभागीता हो भने क्वाटरफाइनल प्रवेश दोश्रो पटक हो । असअघि १२ औ संस्करणमा दोश्रो चरण प्रवेश पाएको थियो । जावलाखेल क्लबलाई टाइबेकरमा ४–२ ले पराजित गरेको थियो ।
खेल सुरुवातदेखि नै धरानमाथि हाबी देखिएको मनाङका लागी ३३ औ मिनेटमा कप्तान अनिल गुरुङले पेनाल्टी एरियामा मिलाइदिएको पासलाई सुजल श्रेष्ठले हेड मार्फत बललाई पोष्टको दिशा दिदै गोलको खाता खोले । ४१ औ मिनेटमा सुजल श्रेष्ठको पासमा कप्तान अनिल गुरुङले गोल गदै पहिलो हाफ २–० मा टुङग्याए ।
राष्ट्रिय खेलाडीहरुले भरिएको मनाङसंग निरिह बनेको धरान दोश्रो हाफमा खेलमा फर्किने प्रयास गरेपनि सफल भएन् । ६० औ मिनेटमा कप्तान अनिलले ब्यक्ति दोश्रो र टिमका लागी तेश्रो गोल गरे । रोहित चन्दको क्रसमा अनिलले हेड मार्फत गोल गरे । ६३ औ मिनेटमा कप्तान अनिलकै पासमा सुजल श्रेष्ठले विपक्षि गोलरक्षक अगाडी बढेको अवस्थामा पेनाल्टी एरियाबाट गोल गदै सेमिफाइनल यात्रा पक्का बनाए । तिन गोलले पछि परेको धरानका लागी खेलको ७३ औ मिनेटमा दिपक राईले एक मात्र सान्त्वना गोल गरे ।
मनाङले अब फाईनल प्रवेशका लागि माघ १३ गते संकटा र बंगलादेशी क्लब विच माघ ११ गते हुने खेलको विजेता सँग प्रतिश्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत भोलिको खेल रमपम झापा ११ र नेपाली सेनाको आर्मी क्लब विच हुनेछ ।