चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीबाट दु:ख व्यक्त (छापाबाट)


दोस्रो संविधानसभाको निर्वाचन गर्न गठन गरिएको अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले पछिल्लो समय आफूलाई लगाउने गरिएको विभिन्न आरोपका बारेमा दुख व्यक्त गर्नुभएकोछ ।

पछिल्लो समय आफूमाथि विभिन्न लाञ्छना लगाएको भनी उहाँले तत्कालिन अवस्थामा आफूहरुले गरेको निर्णयमा कुनै विवाद नआएको र भ्रष्टाचार पनि नियन्त्रणमा आएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो – ”चुनौतीपूर्ण अवस्थामा संविधानसभाको निर्वाचन सम्पन्न गरी राजनीतिक र संवैधानिक जटिलतालाई सहज अवतरण गरेको योगदानलाई सम्झिनु त कता हो कता…? उल्टै पद लोलुप भएको, आर्थिक प्रलोभनमा परेको जस्ता लाञ्छनायुक्त टिप्पणी हुन अत्यन्त निन्दनीय कुरा हो ।” आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।