आज काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरुले फरक-फरक समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् । यद्यपि, राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको बिहेमा पूर्वराजा ज्ञानेन्द्र शाह गएको समाचारलाई सबैजसो पत्रिकाले स्थान दिएका छन् ।
नयाँ पत्रिका दैनिकले कर्णालीमा १० वर्षमा ३२ खर्ब बजेट खर्च भएको तर विकासको गति सुस्त भएको समाचारलाई मुख्य समाचार बनाएको छ ।
अन्नपूर्ण पोस्ट् दैनिकले सरकारी वकिलहरुले उच्च अदालतका लागि सिफारिस भएका न्यायाधीहरुको सूची नसच्याए इजलास बहिष्कार गर्ने र पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि सम्झौता भएको समाचारलाई प्राथमिकता दिएको छ ।
राजधानी दैनिकले पनि सरकारी वकिलले न्यायाधीश सिफारिसम्बन्धी निर्णय पुनर्विचार नगरे बेन्च बहिष्कार गर्ने र अख्तियार दुरुपयोग अनुसन्धान अयोगको प्रमुखबाट पदमुक्त भएका लोकमानसिंह कार्कीको महाभियोग अघि बढाउन संसदीय समिति अन्योलमा परेको समाचारलाई महत्व दिएको छ ।
नागरिक दैनिकले सिंगो बस्ती व्यक्तिको नाममा नामसारी भएको र प्रधानमन्त्री पुष्पकमल दाहालले नेपल र्फकनेवित्तिकै सुन तस्करीलाई कारबाही गर्ने बताएको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।
कान्तिपुर दैनिकले अनुत्पादक कर्जा जोखिमपूर्ण भएको र ‘किन भत्काउने सिंहदरबार ?’ शीर्षकको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।
गोरखापत्र दैनिकले प्रधानमन्त्री दाहालले उर्जा क्षेत्रमा लगानीको प्रचुर सम्भावना भएको बताएको र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकताका लागि संविधान संशोधन गर्न लागेको बताएको समाचारलाई महत्व दिएको छ ।
नेपाल समाचारपत्र दैनिकले पाठ्य पुस्तक छापाइका लागि पैसा नभएको र पशु बिमाबारे नागरिकलाई जानकारी नभएको समाचारलाई फ्रन्टपेजमा स्थान दिएको छ ।