आज काठमाडौंबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिकहरुले हिजो प्रमुख प्रतिपक्षी एमालेसहित नौ दलले संविधान संशोधनको बिरुद्धमा गरेको शक्ति प्रदर्शनलाई प्रमुख स्थान दिएका छन् ।
त्यस्तै स्थानीय तह पुनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनबारेको समाचार पनि फ्रन्टपेजमा छापिएको छ ।
कान्तिपुर दैनिकले विपक्षीको शक्ति प्रदर्शन शीर्षकमा ठूलो तस्वीरसहित समाचार छापेको छ भने मालपोतमा खुलेआम घुस शीर्षकमा अर्को बिशेष समाचार छापेको छ ।
नयाँ प्रत्रिका दैनिकले भने स्थानीय तहको विवरण उल्लेख गरेको छ ।
त्यस्तै नागरिक दैनिकले शक्ति प्रदर्शनलाई मूख्य समाचार बनाएको छ भने अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीबिरुद्धको मुद्दामा भइरहेको सुनुवाइमा वकिल नै अकमक्क परेको समाचार फ्रन्टपेजमा छापेको छ ।
अन्नपूर्ण पोस्टले पनि फ्रन्टपेजमा विपक्षीको शक्तिप्रदर्शन र स्थानीय तह पुनर्संरचनाबारेको समाचारलाई प्रमुखताका साथ प्रकाशित गरेको छ ।