पोखरा । पोखरा ८ सभागृहचोक स्थित नयनतारा कृषि सहकारी संस्थाको दोसो्र साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन पछि बोल्दै प्रमुख अतिथि गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले छोटो समयमा संस्थाले गरेको प्रगतिको प्रशंसा गरे। उनले संस्थासंग सहकार्य गरी अगाडि बढ्न आफु पनि तयार रहेको बताए । पाण्डव टोल विकास संस्थाका अध्यक्ष तुलसी राना, सदस्य नरेशबहादुर शाह, सुर्योदय पाटी प्यालेसका प्रोपाइटर सृजना जिसी, नेपाल परोपकार महासंघका सदस्य उषा गोशेली, सञ्चालक समितिका सदस्य शिव भुजेलले बोलेका थिए ।
संस्थाको आर्थिक वर्ष ०७२÷०७३ मा कुल चुक्ता पुँजी ४२ लाख २५ हजार, यस आर्थिक वर्षमा कुल बचत संकलन १ करोड ४७ लाख ६७ हजार एक सय ४६ रुपैया ६० पैसा र आर्थिक वर्ष ०७२÷०७३ मा कर्जा लगानी ८९ लाख ६० हजार आठ सय ५३ रुपैया ९९ पैसा रहेको छ।त्यस्तै ०७२÷०७३ शेयर सदस्य महिला २४जना पुरुष ६६ मा गरी ९० जना छन् । संस्थाका अध्यक्ष विश्वराज सुवेदीले वार्षिक प्रगति विवरण तथा भावी योजनाबारे जानकारी गराएका थिए ।
सञ्चालक समिति, लेखा समिति, ऋण लगानी उप–समिति, शिक्षा उप–समिति र शेयर सदस्यलाई सहकारी सम्वन्धी तथा अन्य प्रकारका तालिमको व्यवस्था, कृषि र शिक्षालाई पा्रथमिकतामा राख्दै कृषि कर्जा र शैक्षिक कर्जामा न्यून व्याजदर, कृषि कार्यक्रम अगाडि बढाउने, गत आर्थिक वर्षमा रहेको शेयर पुँजी ४२ लाख २५ हजार लाई बृद्धि गरी आर्थिक वर्ष ०७३÷०७४ मा एक करोड पुरयाउने लक्ष्य राखेको छ ।
संस्थाका अध्यक्ष विश्वराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष्को प्रतिवेदन संस्थाका लेखापाल सुवास तिमिल्सीनाले प्रस्तुत गरेका थिए।लेखा समितिको प्रतिवेदन सरला त्रिपाठीले प्रस्तुत गरेकी थिइन ।
सहकारीका कर्जा अधिकृत नवराज काफ्लेले सञ्चालन गरेको कार्यक्रममा सचिव सरला त्रिपाठी भण्डारीले स्वागत गरेकी थिइन।