कोपनहेगन। कांग्रेस नेता प्रदीप पौडेल डेनमार्क आउने भएका छन। जनसम्पर्क समिति डेनमार्कले आयोजना गर्न लागेको प्रशिक्षण कार्यकम तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।
कार्यक्रममा नेता पौडेलले कार्यकर्ता भेटघाट गर्ने जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष नवीन आचार्यले बताए। यही डिसेम्बर ३० का दिन कार्यक्रम आयोजना गर्न लागिएको पनि उनले बताए । कार्यक्रममा सहभागी हुनको लागि सबैलाई सूचना जारी गरिएको छ। नेता पौडेल जनसम्पर्क समिति नर्वेको अधिवेशनको शिलशिलामा यूरोप आइपुगेका हुन।