नेपाली जनसम्पर्क समिति नर्वेको अध्यक्षमा जितेन्द्रबिक्रम शाही चयन भएका छन् । शनिवार सम्पन्न दोश्रो अधिवेशनले शाहीको अध्यक्ष्यतामा २५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ,
बरिष्ठ उपाध्यक्षमा सुदिपराज पाण्डे तथा उपाध्यक्षहरुमा केशव पुरी, नारायणसिंह थापा र बिष्णु सापकोटा तथा महामन्त्रीमा कबिन्द्र ढकाल, सहमहामन्त्रीमा सुर्यप्रसाद सुबेदी, बिष्णु गौतम, नबराज अधिकारी र देबेन्द्र केसी, कोषाध्यक्षमा कोपीला गिरी र सहकोषाध्यक्षमा राजन गौचन छन् ।
अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले जनसम्पर्क समितिहरु नेपाली कांग्रेसको मेरुदण्ड भएको बताए । उहाले सात नेता बसेर मात्रै निर्माण गर्ने प्रान्तहरुले संघीयतालाई सस्थागत गर्न नसक्ने बताए ।