नेपालीनेपाली डटकम संवादाता
पाँचथर । पाँचथर जिल्लाको आङसराङ गा. वि. स -१, मेहेलवोटेमा अवस्थित जिलाकै जेठो विद्यालय श्री जयनारायण आदर्श उ.मा.वि.को परिसरमा निर्माण हुने सरसवती मन्दिरको शिलान्यास हालै सम्पन्न भएको छ । सोहि क्षेत्रका माननीय संसद भिष्मराज आङ्देम्बेले मन्दिरको शिलान्यास गरेका छन । सो मन्दिरको सम्पूर्ण निर्माण खर्च हाल डेनमार्कमाँ बसोबास गर्ने सो विधालयका पूर्व विधार्थी तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी दीपक राज रिजाल तथा उनको परिवारले व्यहोर्ने छन।

साथै सोहि अवसरमा स्कुलको ६९ अौं वार्षिकोत्सव समारोहको उदघाटन कार्यक्रम सम्पन्न भएको थियो।

साथै स्कूल चन्द्र प्रसाद/रमादेवी पदक तथा छात्रवृत्ति कोषको हस्तान्तरण र बिविध साँस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको थियो।सो अवसरमा नेपाली कांग्रेस पाँचथर सभापति नरेन्द्र कुमार कुरुङ्ग, मन्दिर निर्माणकर्ता रिजालका पिता डिल्ली राम रिजाल लगायत सो विधालयमा अध्ययनरत विद्यार्थीका सम्पूर्ण अभिभावकहरुको उपस्थित रहेको थियो।
यसैगरी सो अवसरमा नेपाली कांग्रेस पाँचथरका महासमिति सदस्य राजेन्द्र प्रसाद रिजाल, नेपाली कांग्रेस पाँचथर जिला कार्यसमितिका सदस्यहरु, नेपाली कांग्रेस पाँचथरका क्षत्रिय सभापति बम लावती साथै छिमेकी ग. वि. सका स्कुलका शिक्षकहरुको उपस्थिति रहेको थियो। सो सरस्वती मन्दिर सिलान्यास कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका प्रतिनिधीहर समेत सहभागी भएका थिए।