स्थानीय चुनाव गर्न प्रमुख दल सहमत भए पनि नयाँ संरचनाअनुसारको तह वा पुरानै निकायको भन्नेमा अन्योल देखिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहकै निर्वाचन गराउने गरी मध्यमार्गी प्रस्तावको तयारी गरेका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरू स्थानीय चुनाव गर्नेमा सहमति भए पनि नयाँ संरचनाको स्थानीय तह वा पुरानै स्थानीय निकायको भन्नेमा अलमलिएका वेला प्रधानमन्त्रीले नयाँ प्रस्तावको तयारी गरेका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख दलहरूबीच अहिलेकै गाविसलाई गाउँपालिका बनाएर स्थानीय तहको चुनाव गर्ने सहमति भएको दाबी गरेका छ ।
एमाले महासचिव इश्वर पोखरेलले पार्टी स्थानीय तहकै पक्षमा रहेको बताए ।आजको नयाँ पत्रिकामा खबर छ ।