राजाराम पौडेल पोखरा-राष्ट्रिय प्रजातन्त्र पार्टीका शिर्ष नेताहरुले अब नेपालको बैंकल्पिक राजनीतिक शक्तिका रुपमा आफ्नो दल उदाउने दावि गरेका छन् । पार्टी एकिकरणपछि पहिलो पटक पोखरामा आयोजना गरिएको पश्चिमाञ्चल विकास क्षेत्र स्तरीय एकता घोषणा आमसभालाई सम्बोधन गर्दै उनीहरुले यसतो बताएका हुन् । आगामी निर्वाचन मार्फत एक पटक आफ्नो दललाई सबैभन्दा ठूलो दल बनाउने विश्वास समेत उनीहरुले ब्यक्त गरेका छन् ।
आमसभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा र राप्रपा नेपालको एकता पछि शक्तिशाली राष्ट्रवादी शक्तिको उदय भएको बताए । पोखरामा आयोजित पश्चिमाञ्चल स्तरीय एकता भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले राप्रपा र राप्रपा नेपालको एकता पछि आफ्ना मुद्धाहरु पुरा गर्न सहज हुने उल्लेख गरे । नेपालमा पैसाको आड्मा धर्म परिर्वतको लहड् चलाएको थापाले बताए । धर्मपरिर्वत गर्नेमा सबै भन्दा बढि जनजाती र दलित बढि रहेको उनको भनाई थियो ।
उनले सरकारी उद्योगहरु कौडिको भागमा विक्रि गरेको आरोप लगाउदै उद्योग बन्दहुदा युवाहरु रोजगारीका लागि विदेश जान बाध्य भएको बताए । उनले दुई पार्टीको एकिकरण यत्तिकै नभएको बताउदै देश बचाउने र देश विकास गर्ने बताए । उनले देश हेरक दृश्टीले संकटमा रहेको बताए ।उनले आम नेपालीहरुलाई राप्रपालाई साथ दिन आह्वान गरे । थापाले देश अहिले संकटमा रहेको भन्दै एक पटक राप्रपालाई साथ दिएर हेर्न आह्वान गरे । उनले भने – अहिले सम्म कांग्रेस, माओवादी, एमाले जुन पार्टीमा आवद्ध भएपनि अब राप्रपालाई साथ दिनुहोस ।
थापाल नेपाली जनताले धेरै पहिला देखि राप्रपा र राप्रपा नेपालको एकता चाहेको भन्दै एकता पछि राप्रपा शक्तिशाली राष्ट्रवादी शक्तिको रुपमा उदाएको उल्लेख गरे । कार्यक्रममा राप्रपाका नेता पशुपति सम्शेर राणाले सरकारसँग नेपाललाई हिन्दु राष्ट्र कायम गर्न माग गरे ।
कार्यक्रममा बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी, पार्टी उपाध्यक्षहरु दिपक बोहोरा, राजिब पराजुली, बुद्धिमान तामाङ र निरञ्जन थापा तथा महामन्त्रीद्धय ध्रुब बहादुर प्रधान र विक्रम पाण्डेले वर्तमान परिस्थितिमा नेपाली जनताले बैंकल्पिक राजनीतिक शक्ति खोजेको र सो राजतीनिक दल राप्रपा हुने बताए ।