सभापति देउवाको विभागहरु गठन गर्ने प्रतिबद्धता अझैँ पुरा भएन (छापाबाट)


नेपाली कांग्रेसका नेता सभापति शेरहादुर देउवा पदाधिकारीभन्दा पहिले विभाग गठन गर्ने तयारीमा लागेका छन् ।

कांग्रेसको विधान अनुसार सभापति देउवाले ४२ वटा केन्द्रीय विभाग गठन गर्न बांकी छ । सभापतिमा निर्वाचित भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने केन्द्रीय विभागहरु आठ महिनना बितिसक्दा पनि हुन सकेको छैन ।

देउवाले आठ महिनाअघि पार्टीको १३औँ महाधिवेशनमा सभापतिको दाबी गर्दै चुनावी प्रतिस्पर्धामा रहँदा विभानअनुसार समयमै विभागहरु गठन गर्ने र पार्टीैका विभागहरुलाई तत्काल क्रियाशिल गराई पार्टी निर्माणको अभिन्न अंगका रुपमा संस्थागत गरिने प्रतिबद्धता व्यक्त गर्दै सम्बन्धित विभागहरुलाई नीतिनिर्माण र संगठन विस्तारको पुर्ण जिम्मेवारी दिइने बताएका थिए । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

आफु सभापति पभएलगत्तै गतिशील विभागहरु गठन गर्ने प्रतिबद्धता सभापति देउवाले अझैँ पुरा गरेका छैनन् ।