४, डिसेम्बर, नेपाली चलचित्र ‘ह्वाइट सन’ अर्थात (सेतो सूर्य) सिङ्गापुरमा आयोजित सिङ्गापुर अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट फिल्म घोषित भएको छ।
आगामी मंसिर २४ बाट नेपालमा प्रदर्शन हुन लागेको चलचित्रलाई यस अघि चलचित्र ‘हाइवे’ निर्देशन गरेका दीपक रौनियारले निर्देशन गरेका हुन् ।
चलचित्रले उत्कृष्ट एसियन फिचर फिल्मको सिल्भर स्क्रिन अवार्ड संगै ४० हजार सिङ्गापुर डलर जितेको छ।
यो चलचित्रले अहिले विश्वका विभिन्न देशमा आयोजना भैरहेका चलचित्र अवार्डहरु जितिरहेको छ । आगामी बिहिबार समेत चलचित्र सेतो सुर्यको किम्फ फिल्म फेस्टिभलमा प्रिमिएर गरिने भएको छ।
चलचित्रले तत्कालिन द्धन्द्धको कथालाई बालबालिकाको नजरबाट हेर्ने प्रयास गरेको छ ।
चलचित्रमा दयाहाङ राई, आशा मगराती, रविन्द्र सिंह बाँनिया, सुमी मल्ल, अमृत परियार लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।





