तीन साता लामो सिंगापुर भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाह बुहारी हिमानीसहित काठमाडौं फर्किएका छन् ।
गत कात्तिक २३ गते सिंगापुर गएका उनी आइतबार फर्किएको हुन् । उनको साथमा निजीसचिव सागर तिमल्सिना, हिमानी ट्रस्टको निर्देशक श्री मल्ल, हिमानीको स्वकिय सचिव स्मिता सिंह, ज्ञानेन्द्रको सहयोगीसहितको टोली हिजो फर्किएको हो । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
सिंगापुरबाट उनी चीन र भारत समेत गएका थिए । भ्रमणको चाँजोपाँचो हिमानीले मिलाएकी थिइन् ।
दशैलगत्तै नयाँदिल्ली पुगेर भ्रमणको मिति तय गरेका पूर्वराजाका निजी सचिव सागर तिमल्सिनाले भारत भ्रमणको व्यवस्थापन गरेका थिए ।
सिंगापुरबाट केही दिनका लागि घुमफिर गर्न चीन गएको सो टोली चीन भ्रमणलगत्तै भारत पुगेको उच्च स्रोतले जनाएको छ । भारतपछि पुनः सिंगापुर हुँदै नेपाल फर्किएका पूर्वराजाले भारतमा उच्चस्तरीय भेटघाट गरेका छन् ।