काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले आफ्नै पार्टी नेतृत्वको सरकार संविधान संसोधन प्रस्ताव दर्ता गर्न जुटिरहेका बेला संसोधनमा असन्तुष्टि जनाएका छन् ।
काठमाण्डौमा आयोजित संविधान कार्यान्वयन र संशोधनको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता रायमाझीले संविधान कार्यान्वयनका लागि निर्वाचनमा जाने र त्यसबाट आएको जनमतको आधारमा मात्रै संविधान संशोधन गर्न उपयुक्त हुने तर्क गरे ।
संविधान संशोधनको प्रस्तावको खाकाबारे आफू अनविज्ञ रहेको भन्दै उनले संशोधित खाका बिना बहस गर्नुको औचित्य नरहेको बताए ।
नेता रायमाझीले प्रदेश नम्बर पाँचबाट पहाड र मधेश छुटयाउने प्रस्तावको समेत विरोध समेत गरे । संविधान संशोधन गर्ने भए पहिले निर्वाचनमा जान पनि उनले आन्दोलनरत मधेशवादी दलहरुलाई चेतावनी दिए ।
नेता रायमाझीले संविधान कार्यान्वयनका लागि सबै दलहरु तयार हुनुपर्नेमा पनि जोड दिए ।