नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषाको वर्ण विन्याससम्बन्धी गरेको पछिल्लो निर्णयलाई कसरी विद्यालय तथा विद्यार्थीससमक्ष पुर्याउने भन्नेबारे शिक्षा मन्त्रालयका अधिकारीहरु नै अन्योलमा देखिएका छन् ।
प्रतिष्ठानले वर्ण विन्यासमा व्यञ्जनको खुट्टा काटी गरिएका सबै प्रयोगलाई सच्याउँदै संयुक्त व्यञ्जन नै लेख्ने निर्णय गरेको भए पनि त्यसलाई विद्यालयका विद्यार्थीसमक्ष कसरी पुर्याउने भन्नेबारे सरकारी अधिकारीले ठोस धारणा बनाउन सकेको छैन । आजको गोरखापत्र दैनिकमा खबर छ ।
भाषाको वर्णविन्याससमबन्धी लामो विवादलाई प्रतिष्ठानले बिहीबार नै किनारा लगाई पुरानै प्रणाली अनुसार जाने निर्णय गरेको थियो । यसका साथै त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापकले पनि यस विषयमा नीतिगत निर्णय गरेका थिए । शिक्षा मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रले यसबारे कुनै अवधारणा बनाएको छैन ।
मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ वर्णविन्यासको पछिल्लो निर्णयलाई विद्यालयमा कसरी पुर्याउने भन्नेबारे ठोस अवधारणा नै बनाउन बाँकी रहेको बताउँछन् ।