मादकपदार्थ सेवन गरेर मात्र होइन, गाँजालगायत लागुऔषध सेवन गरेर सवारीचलाउनेलाई पनि प्रहरीले कारबाही गर्न थालेको छ । मदिराभन्दा लागुऔषध सेवनगरेर सवारी चलाउँदा दुर्घटनाको सम्भावना अझ बढी हुने भएकाले प्रहरीलेउनीहरूलाई पनि कारबाही गर्न थालेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
नगरकोट सडक क्षेत्रमा गाँजा सेवन गरेरसवारी चलाउनेको संख्या धेरै रहेको खुलेपछि प्रहरीले कारबाही गर्न थालेको हो। ‘धेरैले गाँजा सेवन गरेर सवारी चलाउने र दुर्घटनामा पर्ने गरेकोदेखियो,’ महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी प्रमुख एसपी किरणबज्राचार्यले भनिन्, ‘गाँजा खाएर सवारी चलाउनेलाई पनि हामीले पक्राउ गरीकारबाही गर्न थालेका छौँ ।’
नगरकोट गाँजा र लागुऔषध सेवनको अखडा, प्रहरीले बढायो निगरानी
काठमाडौं उपत्यकाका धेरै युवायुवती गाँजा तथा अन्य लागुऔषध सेवन गर्ननगरकोट पुग्ने गरेको खुलेको छ । लागुऔषधमा लट्ठिएर उनीहरू सवारीसाधन चलाएरफर्कने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । हाल एक दिन थुनेर अभिभावकलाईजिम्मा लगाइएको एसपी बज्राचार्यले बताइन् । लागुऔषध सेवनकर्तालाई लागुऔषधमुद्दामा छुट्टै कारबाहीसमेत हुन सक्छ । नगरकोट क्षेत्रमा जानेयुवायुवतीमाथि प्रहरीले निगरानी बढाएको छ । नगरकोटका कतिपय होटेलकैकर्मचारीले गाँजा बिक्री गर्ने सूचना प्रहरीले पाएको छ ।
गाँजा सेवनकै कारण बस दुर्घटना
गत ११ असोजमा चाँगुनारायणमा भएको बस दुर्घटना चालकले गाँजा पदार्थ सेवनगरेकै कारण भएको खुलेको थियो । दुर्घटनामा एकको मृत्यु र २२ जना घाइते भएकाथिए । सजिलो बाटोमा चालकको लापरबाहीका कारण बस दुर्घटना भएको थियो ।बसचालक गाँजा दुव्र्यसनी भएको प्रहरीले जनाएको छ ।
लागुऔषध सेवन गरेको पुष्टि गर्न गाह्रो
मदिराभन्दा लागुऔषधको नशा कडा हुन्छ, जसका कारण सवारी चलाउँदा दुर्घटनामापर्ने धेरै सम्भावना हुन्छ । तर, नेपालको कानुनअनुसार लागुऔषध सेवन गरीसवारी चलाउँदा जरिवाना हुने प्रावधान छैन । ‘लागुऔषध सेवन गरेर सवारीचलाएको कसरी थाहा पाउनु ?’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपीलोकेन्द्र मल्ल भन्छन्, ‘लागुऔषध सेवन गरेर सवारी चलाउँदा जरिवाना रकारबाही गर्ने हाम्रो कानुनी प्रावधान पनि छैन ।’
बेलायतमा औषधि सेवन गरेर सवारी चलाएमा ६ महिनासम्म कैद
धेरै देशमा अवैध मात्र होइन, प्रेस्क्रिप्सनका आधारमा सेवन गर्नुपर्ने औषधिप्रयोग गरेर सवारी चलाउनसमेत पाइन्न । बेलायतमा पनि लागुऔषध सेवन गरीसवारी चलाएमा ६ महिनासम्म कैद र एक वर्षसम्म सवारी चलाउन प्रतिबन्ध हुनेप्रावधान छ । प्रहरीलाई शंका लागेमा थुकमार्फत टेस्ट लिई यस्तो कारबाहीहुने गर्छ ।
बेलायतमा एक वर्षअगाडिबाट मात्र मापसेचेकजाँचमा प्रयोग हुने ब्रेथलाइजर मेसिनजस्तै ड्रगलाइजर किटमार्फत लागुऔषधसेवन गर्नेहरूमाथि चेकजाँच हुँदै आएको छ । बेलायतमा एक वर्षमा तीन हजारसातजनाले लागुऔषध सेवन गरी सवारी चलाएका थिए । लागुऔषध सेवन गरेपछि धेरैजोस हुने भएकाले तीव्र गतिमा र लापरबाही तरिकाले सवारी चलाउँदा दुर्घटनाकोसम्भावना धेरै हुने प्रहरीको भनाइ छ ।
राजमार्गमा खुलेआम बिक्री हुन्छ गाँजा
पृथ्वी राजमार्गअन्तर्गत धादिङ र चितवनका राजमार्गछेउका पसलमा चालकलाईलक्षित गरी गाँजा बिक्री हुने गरेको छ । धादिङ तथा मकवानपुरआसपासमा धेरैगाँजा बिक्री हुने भएकाले राजमार्गआसपासका होटेल तथा पसल सञ्चालकले गाँजाकोसमेत कारोबार गर्दै आएका छन् । राजमार्गमा सवारी चलाउनेहरू गाँजाको नियमितग्राहक भएको प्रहरील अनुसन्धानले देखाएको छ । पृथ्वी राजमार्र्गमा हुनेदुर्घटनाको एउटा कारण लागुऔषध सेवन गरेर सवारी चलाउनु पनि हो ।
धादिङका प्रहरी प्रमुख एसपी शरद खत्रीराजमार्गमा गाँजा खाएर सवारी चलाउने समस्या देखिएको बताउँछन् । ‘मदिरा सेवनगर्दा चेकजाँच हुने भएकाले रात्रिबसका चालक गाँजा सेवन गरेर सवारीचलाउँछन् भन्ने तथ्य खुलेको छ,’ एसपी खत्रीले भने, ‘चालकलाई गाँजा बेच्नेचार–पाँचवटा पसलका कर्मचारीलाई पक्राउ गरेर मुद्दा पनि चलाएका छौँ ।’ गाँजासेवनपछि चालकहरूले तीव्र गतिमा राजमार्गमा सवारी चलाउने गरेका छन् ।पसलहरूमा गाँजाको पोका बनाएर पाँच सय र एक हजार रुपैयाँ दरमा बिक्री हुनेगरेको प्रहरी अनुसन्धानमा देखिएको छ । गाँजा सेवन गरेर सवारी चलाउँदादुर्घटनाको जोखिम हुने भएकाले नियन्त्रणका लागि आफूले माथिल्लो निकायमा खबरगरेको एसपी खत्रीले बताए ।