कांग्रेससभापति शेरबहादुर देउवा आज नयाँदिल्ली जाँदै छन् । इन्डिया फाउन्डेसनकोकार्यक्रममा भाग लिन उनी दिल्लीबाट आजै गोवा पुग्नेछन् । गोवामा हुनेफाउन्डेसनको कार्यक्रमलाई देउवाले शनिबार बेलुका सम्बोधन गर्ने कार्यक्रम छ। आजको नयाँ पत्रिकामा खबर छ ।
फाउन्डेसन भारतीय जनता पार्टी निकटकोबुद्धिजीवीहरूको संस्था हो । कांग्रेस सभापति देउवाले स्वामी तेजो महानन्द, रेलमन्त्री सुरेश प्रभु, भाजपाका अध्यक्ष अमित साहसँग शुक्रबार रातिभेटघाट गर्ने कार्यक्रम रहेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेमकेसीले जानकारी दिए । उनले गोवाका मुख्यमन्त्रीसहित अरू मन्त्रीसँग पनिशुक्रबार नै भेटघाट गर्ने भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार भेटवार्ता गर्ने
गोवाबाट दिल्ली फर्किएपछि सभापति देउवाले राजनीतिक भेटघाट गर्नेछन् । उनीशनिबार दिल्ली फर्कनेछन् । आइतबार जवाहरलाल नेहरू विश्वविद्यालयमा हुनेकार्यक्रममा देउवाले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नेछन् ।
सोही दिन र भोलिपल्ट २२ कात्तिकमा देउवालेभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि कंग्रेस आई अध्यक्ष सोनियागान्धी, विदेशमन्त्रीसहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने देउवाका स्वकीयसचिव भानु देउवाले जानकारी दिए । राजनीतिक भेटघाट सकाएर देउवा २३ कात्तिकमध्याह्न १२ बजे नेपाल फर्किनेछन् । देउवाको भ्रमण टोलीमा पत्नी आरजु पनिसहभागी हुनेछिन् ।