गणतन्त्र नेपालका प्रथम राष्ट्रपति ड. रामवरण यादव र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको परिवार साइनोमा जोडिएको छ । राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाह प्रथम राष्ट्रपति यादवका नाति अभिषेक यादवसँग हुन लागेको हो । आइतबार बिहान राष्ट्रपति निवास शीतल निवासमा उनीहरूको इंगेज्मेन्ट (टीकाटालो) भएको छ ।
अभिषेक पूर्वराष्ट्रपति यादवकी भतिजी एवं महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन् । विद्यालय तहदेखिका सहपाठी अभिषेक र निशाकुसुमबीच विवाहको प्रसंग २ वर्षदेखि नै चलेको थियो ।
दुई राजनीतिक पृष्ठभूमिको परिवारबीचको कार्यक्रम भए पनि समारोहमा दलका कार्यकर्ताको उपस्थिति थिएन । एमाले अध्यक्ष केपी ओली भने पत्नी राधिकासहित शीतल निवास पुगेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।