बार्सिलोना, नेपालको पर्यटन प्रबर्द्वनमा टेवा पुर्याउनका लागि स्पेनको बार्सिलोनामा दशैं तिहार शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम सहित ‘पर्यटन प्रबर्द्वनमा हाम्रो योगदान’ बिषयक कार्यक्रम सम्पन्न भएको छ।
नेपाल पर्यटन बोर्डबाट प्रथम पटक स्पेनको बार्सिलोनाका लागि पर्यटन दुतमा नियुक्त भएका दीपक खरेलद्वारा आयोजित कार्यक्रममा स्पेन स्थित सम्पूर्ण नेपाली संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुका साथमा नेपाललाई माया गर्ने स्पेनिश नागरिकहरुको पनि उपस्थिति रहेको थियो। 

कार्यक्रममा उपस्थित सबैले दशैं तिहारको शुभकामना आदान-प्रदान गर्दै ‘पर्यटन पर्बर्द्वनमा हाम्रो योगदान’ बिषयमा आ-आफ्नो धारणा प्रस्तुत गरेका थिए। नेपाली बाल बालिकाहरुलाई एडप्ट गरेका गरेका स्पानिश नागरिकद्वय इसाबेल Isabel Miguel र Jesus Rodrigez ले नेपाल एकपटक मात्र होइन बारम्बार जानमन लाग्ने संसारकै रमणिय देश भयको बताएका थिए। 

कार्यक्रममा आफ्नो विचार ब्यक्त गर्दै स्पानिश नागरिक तथा हेटौडेली परिवारकी संचालिका आइना बार्काले नेपाल आफ्नो अर्को घर भैसकेको बताउँदै नेपालको पर्यटन प्रबर्द्वनका लागि स्पेन लगायत संसार भरि नेपाल सुरक्षित छ भन्ने सन्देश फैलाउने खालका बिशेष कार्यक्रम गन्रु पर्ने धारणा व्यक्त गरिन।
कार्यक्रमका सभापति तथा पर्यटन दुत दीपक खरेलले नेपालबाट एडप्ट गरिएका नेपाली बच्चाहरुलाई “Buda Nacio en Nepal” (बुद्ध नेपालमा जन्मेका हुन्) लेखिएका टिसर्टहरु उपहारको प्रदान गर्दै कार्यक्रममा उपस्थित भैदिएकोमा सबैलाई धन्यबाद दिदै आगामी दिनमा पनि सम्पूर्ण संघ संस्थाहरु संग समन्वय गरि यस्ता किसिमका बिशेष कार्यक्रम गर्ने जानकारी गराएका थिए। एनआरएन स्पेनका आइसीसी सदस्य एकराज गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको संचालन हेमन्त रानाभाटले गरेका थिए 
