काठमाडौं । यस वर्षको दसैंको टिकाको उत्तम साइत पौने नौ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णयक समितिले यस वर्षको टिकाको साइत असोज २५ गते ८ बजेर ४५ मिनेटमा रहेको जनाएको हो । समितिले आश्विन शुक्ल पक्ष प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दसैंको साइत सार्वजनिक गरेको हो ।
विजया दशमीको दिन विहान ८ बजेर ४५ मिनेटमा उत्तम साइत रहेको समितका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले जानकारी दिए ।आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट देबीको प्रसाद ग्रहणका लागि विजया दशमीको दिनभर नै उत्तम साइत भएकोले जुनसुकै बेला टीका प्रसाद ग्रहरण गर्दा पनि शुभ हुने उनले बताए । विजया दशमीका दिन विहान ८ बजेर २५ मिनेटमा देवी विसर्जनका लागि शुभ साइत रहेको अध्यक्ष गौतमले जानकारी दिए ।