काठमाडौं । रोबर्ट स्नोडग्रासको हृयाट्रिकको मदतमा स्कटल्याण्डले विश्वकप छनौटमा सुखद सुरुवात गरेको छ । उसले ९ खेलाडीमा सिमित माल्टालाई ५-१ गोल अन्तरले पराजित गरेको छ ।
खेलमा स्कटल्याण्डले आठौं मिनेटमा स्नोडग्रासको गोलबाट अग्रता लिएको थियो । तर, ५ मिनेटमा नै माल्टाले बराबरी गोल फर्कायो ।
५३ औं मिनेटमा मार्टिनले स्कटल्याण्डलाई अग्रता दिलाए । खेलको ६० औं मिनेटमा माल्टाका कारुआनाले रातो कार्ड पाए । यसको फाइदा उठाउँदै स्कटल्याण्डले लगातार गोल गर्यो ।
६१ औं मिनेटमा स्नोडग्रासले दोस्रो गोल गरे भने ७८ औं मिनेटमा फेल्चरले गोल गरेपछि स्कटल्याण्ड ४-१ ले अगाडि रहृयो ।
खेलको ८४ औं मिनेटमा पेनाल्टी गोल गर्दै स्नोडग्रासले हृयाटि्रक पुरा गरे । अन्तिमतिर गाम्बिनले रातो कार्ड पाएपछि माल्टाले ९ खेलाडीमा खेल सकायो ।