गोकर्ण अवस्थी ।
गैर आवासिय नेपाली संघ (एनआरएनए) को सन २००५ को सम्मेलन हुनुपर्छ । म त्यतिबेला एक टेलिभिजन कार्यक्रमका लागि काम गर्थे । सम्मेलन सम्बन्धि स्टोरी गर्ने क्रममा एक जना एनआरएन नेताको अन्तवार्ता लिए ।
त्यसको करिब एक घण्टापछि ती सज्जन होटलको लबिमा भेटिए । मलाई रोकेर पर्सबाट हजार हजारका केहि नोट दिन खोजे । म आत्तिए । किनभने पत्रकारितामा त्यसरी कसैसंग पैसा लिनु घुसखोरी हो । जुन मेरालाई सधै पाप रहदै आएको छ ।
मैल सिधै इन्कार गरेपछि उनले रकम बढाए । म झन आत्तिए । ‘तपाईले मेरो अन्तवार्ता लिन भएको थियो त्यहि भएर दिन खोजेको हु,, उनी मलाई सम्झाउन खोज्दै थिए, ‘अरुले त लिएका छन । ‘तपाइको अन्तवार्ता लिनु मेरो काम हो र यसका लागि धेर थोर जति भएपनि मेरो कम्पनीले मलाई पैसा दिन्छ, त्यति भनेर म भागे ।
सन २००३ मा शुरु भएको एनआरएन अभियानको दुइ बर्षमै मसंगै घटेको उक्त घटनाले पत्रकारसंगको सम्बन्धको एक पाटो देखाएको छ । अभियान शुरु हुदा एक थरि पत्रकार एनआरएनहरु दशैमा छुटि मनाउन आएका त हुन नि यिनको के समाचार भन्थ्ये । अर्को थरि विदेशमा धनि छन केहि रकम वा विदेश घुम्ने अवसर पाइ हाल्छ कि भनेर पछि लाग्थ्ये ।
चरम द्धन्दका बेला पनि मुलुकमा केहि गर्छु भनेर लागेका प्रवासी नेपाली आउनु आपैmमा ठूलो कुरा थियो । त्यहि भएर एनआरएनको अभियानलाई सकारात्मक रुपमा हेर्नहरु पनि थिए । जसमा म पनि पर्छु । हो आजभोली धेरै नया एनआरएनहरुले पत्रकारलाई निक्कै हेय दृष्टिले हेर्ने गरेको भेटेको छु । पैसा र विदेशको अवसर माग्दै हिडने पत्रकार पनि भेटेको छु ।
एनआरएन अभियानको पहिलो सम्मेलनदेखि रिपार्टिग गरिरहेकाले सबै एनआरएन यस्तै भन्ने आधार पटक्कै छैन । सबै पत्रकार बिकेका पनि पक्कै होइनन । यस्तो अवस्थामा विवाद झगडा र सम्झाउदै हिडनु सम्भव पनि छैन । त्यहि भएन एनआरएनको जमघट हुने सभा सम्मेलनमा असजिलो हुन थालेको छ । पत्रकारको खोल आडेर धन्दा गर्नेहरु र तिनलाई समर्थन गर्ने केहि एनआरएनका गतिविधिका कारण आजभोली असहज हुन थालेको हो ।
तर एनआरएन अभियान प्रति समर्थन शुरुमा जति थियो त्यति नै अहिले पनि छ । प्रवासी नेपालीहरुको योगदान मुलुकमा निरन्तर बढिरहोस र उनीहरुको व्यवसायिक र व्यक्तिगत सुरक्षा कायम रहोस भन्ने चिन्ता पनि छ । प्रवासीहरुले मुलुकको अर्थतन्त्रमा पुर्याएको योगदानको उच्च कदर गर्छँै हामी । उनीहरुका सफलताले नेपाली मिडियामा प्रमुखता पाइरहेका छन ।
यो बीचमा एनआरएन अभियान निक्कै विस्तार भएको छ । एनआरएनएभित्र व्यवसायिक पत्रकारितालाई बुभ्mने र सम्मान गर्ने धेरै व्यक्तिहरु छन । एनआरएनए र आर्थिक पत्रकार समाज (सेजन) बीच एक प्रकारको व्यवसायिक र आत्मीय छ । सेजन आर्थिक पत्रकारहरुको साझा संस्था हो । यसमा २ सय ५० हाराहारी सदस्य आवद्ध छौ । जसमा पत्रिका, टिभी, अनलाइन रेडियो सबैतिरका पत्रकार सदस्य छन । हामी मुख्यतया आर्थिक पत्रकारहरुको क्षमता बिकास र मुलुकको अर्थतन्त्रका बिषयमा काम गर्छौ । सेजनप्रतिको विश्वास र भरोसा भएरै होला एनआरएनए अध्यक्ष शेष घलेले प्रवासी नेपालीको लगानीबारे अध्ययन गर्ने जिम्मा सेजनलाई दिएका थिए ।
लगानी भन्ने बिषय सन २००३ र २००५ का एनआरएन सम्मेलनमा प्रमुखताका साथ उठेको थियो । लगानी कोष बनाएर लगानी गर्न केहि विदेशीले अध्ययन प्रतिवेदन पनि सम्मेलनमा सार्वजनिक हुने गरेका थिए । पछि आएर भनेजति लगानी हुन नसकेपछि एनआरएनको आलोचना हुन थालेको थियो र छ पनि । त्यहि भएर पनि संघलाई लगानीबारे स्वतन्त्र अध्ययन गर्नु थियो । सेजनले निष्पक्ष्ँ रुपमा यो काम गर्न सक्थ्यो । २०७१ तिर सेजन र एनआरएनएबीच अध्ययन सम्झौता भएको थियो ।
तर २०७२ मा म सेजन अध्यक्ष भएर आउदा अध्ययन रोकिएको थियो । अध्ययनको कार्यक्षेत्र तोकिएका ९ जिल्लाको विवरण आइसकेको थियो । यो अध्ययनका संयोजक बरिष्ठ आर्थिक पत्रकार प्रेम खनाल थिए । सेजनका निवर्तमान अध्यक्ष विज्ञान अधिकारीले एक महिनाभित्र सक्नै पर्ने भन्दै थिए । किनभने एक महिनापछि एनआरएनएको विश्व सम्मेलन हुदै थियो । जहा अध्ययन प्रतिवेदन सार्वजनिक गर्नु थियो ।
काठमाडौं केन्द्रित लगानीको तथ्यांक आइसकेको थिएन । त्यसक्रममा अध्यक्ष घलेसंग बसेर अध्ययनको मोडालिटिमा सामान्य परिवर्तन गरियो । व्यक्तिगत लगानीको सटा क्षेत्रगत लगानीका आधारमा अध्ययन गर्ने टुंगो लगाइयो ।
अध्ययनका क्रममा पुर्व अध्यक्ष उपेन्द्र महतो र जिवा लामिछानेले सहयोग गरे । सबैतिरको तथ्यांक केलाउदा अध्ययनका लागि छानिएका नौ जिल्लामा मात्रै एनआरएनको करिब ३० अर्ब रुपैयाको लगानी देखियो । मुलुकको औद्योगिक वातावरण हेर्दा यो रकम उल्लेख्य हो ।
राजधानी समेत भएकाले यो रकम ठूलो देखिएको हो । अन्य जिल्लामा सायद यतिधेरै नहुन पनि सक्छ । धेरैजसो पहिलो पुस्ताका नेपाली भएकाले तत्काल ठूलो लगानीको अपेक्षा गरिहाल्न पनि मिल्दैन । अझ वातावरण बन्ने हो भने गैर आवासिय नेपाली अबका दिनमा लगानीको स्रोत बन्नेछन । फेरि सामाजिक सेवामा उनीहरुले पुर्याइरहेको योगदान पनि त बिर्सन मिल्दैन ।
(एनआरएन यूरोप सम्मेलनका लागि प्रकाशित सोभिनियरबाट साभार)