कोपनहेगेन— गैरआवासीय नेपाली संघ (एनआरएन) ९ औं युरोपियन क्षेत्रीय बैठक युरोपबबाट संयुक्त रुपमा १ अर्ब रुपैयाँको कोष बनाई नेपालमा लगानी गर्ने निर्णय गर्दै आइतबार डेनमार्कको राजधानी कोपनहेगेनमा समापन भएको छ।
नेपालमा लगानी प्रवद्र्धन गर्न गैरआवासीय नेपाली, नेपालको निजी क्षेत्र तथा नेपाल उद्योग वाणिज्य महासंघबीच हुँदै आएको सहकार्यलाई अझ बिस्तार गर्न सो रकम नेपालमा लगानी गर्ने निर्णय भएको हो। लगानीसम्बन्धी कानूनी बाधा फुकाउन सम्बन्धित निकायमा पहल गर्न महासंघ र एनअारएनबीच संयुक्त कार्यदल बनाउने निर्णय पनि बैठकले गरेको छ।
‘देशको समृद्धि नै हाम्रो चाहना हो। जसको लागि लगानीको वातावरण पहिलो आधार हो। अहिलेको अवस्थामा संविधानको पूर्ण कार्यान्वयन गरी देशलाई पूर्ण स्थायित्वकाे बाटोमा हिँडाउदा एक तहको बिश्वास लिन सकिन्छ’, बैठकपछि जारी १३ बुँदे निर्णयमा भनिएको छ, ‘जसको लागि प्रमुख राजनीतिक दलहरुबीचमा सहमती र सहकार्य होस् भन्ने संघको मान्यतालाई यो बैठक पूर्ण रुपमा समर्थन गर्दछ।’ लगानीको वातावरण तयार पार्न अहिलेको अवस्थामा संविधानको पूर्ण कार्यान्वयनमा एनआएनले जोड दिएको छ।
युरोपका नेपालीको अभियान–लगानी पुनःनिर्माण र पर्यटन भन्ने थिम केन्द्रित क्षेत्रीय बैठकमा एनआरएन युरोप क्षेत्रका २० देशबाट ३ सय गैरआवासीय नेपालीले सहभागिता जनाएका थिए।
बैठकले नेपालमा वर्षासँगै आएको बाढी र पहिरोका कारणा मानवीय विपत्तिमा परेका परिवारलाई सहयोग गर्न सम्र्पूण एनसिसिहरुलाई आह्वान गरेको छ। पीडितलाइ सहयाेग पुराउने कार्यमा भौतिक सहयोग गर्न नेपाली सेनासँग एनअारएनले सम्झौता भइसकेकाे भन्दै निर्णयमा भनिएको छ, ‘कुनै पनि सहयोग रकम संघको परोपकारी तथा मानव कल्याणकारी हित समिति मार्फतबाट गर्ने निर्णय गर्दछ।’
शनिबार र आइतबार दुई दिनसम्म चलेको बैठकमा, भूकम्पपछिको पुनःनिर्माण, पर्यटन प्रवद्र्धन तथा नेपालमा लगानी भित्र्याउने विषयमा छलफल भएको थियो। भूकम्पपछि खस्कँदै पर्यटन प्रवर्धन गर्न अन्तरार्ष्ट्रिय समन्वय परिषदले पर्यटन बाेर्डसँग सहकार्य गरेकाे अतिथिदेवाे भव: अभियानलाइ सहयाेग गर्ने निर्णय गरिएकाे छ।
बैठकले पुनःनिर्माण तथा एनआरएन भवन निर्माण गर्नका लागि सहयोग प्रतिबद्धता जनाएका व्यक्ति तथा संस्थाहरुलाई आफ्ना प्रतिबद्धता पूरा गरी सहयोग गर्न आग्रह गरेको छ।
दशाैँ बैठक जर्मनीमा
डेनमार्कस्थित नेपाली दुतावासका कार्यवहाक राजदुत रामकाजी खड्का, गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो, प्रमुख संरक्षक जीवा लामिछाने, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरार्का, महासंघका सदस्य चन्द्र ढकाल, गैरआवासीय नेपाली संघका संस्थापक सदस्य रामप्रताप थापा, संरक्षक दिल गुरुङ लगायत संघका पदाधिकारी सहभागी थिए। दशाैँ क्षेत्रीय बैठक जर्मनीमा गर्ने निर्णय गर्दै बैठकले दाेस्राे पुस्ताका गैरअावासीय नेपालीलाइ नेपालप्रति भानात्मक सम्बन्ध विकास गर्ने क्रियाकलाप गर्न सम्पूर्ण राष्ट्रिय परिषदलाइ अनुराेध गरेकाे छ।
संस्थापकहरू रवीन्रद्रमान सिंह श्रेष्ठ बेल्जियम, चिरञ्जीवी ढकाल, युके तथा सूर्य गुरूंग युकेलाइ लामाे समयदेखि याेगदान पुराएबापत सम्मानित गरिएकाे थियाे।
निर्णयकाे पूर्ण पाठ
गैरआवासीय नेपाली संघ, नबौँ युरोपियन क्षेत्रिय वैठक
तथा
सातौँ युरोपियन महिला सम्मेलन
कोपेनहेगन, डेनमार्क
३०–३१ जुलाई २०१६ (१५–१६ साउन २०७३)
निर्णय
“युरोपका नेपालीका अभियान–लगानी पुनःनिर्माण र पर्यटन” विषयमा केन्द्रीत भई डेनमार्कको, कोपेनहेगनमा नवौ युरोपियन क्षेत्रिय वैठक ३०–३१ जुलाई २०१६ मा सम्पन्न भयो ।
डेनमार्क स्थित नेपाली दुतावासका कार्यवहाक राजदुत रामकाजी खड्का, गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो, प्रमुख संरक्षक जीवा लामिछाने, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारका, महासंघका कार्यकारिणी समितिका सदस्य तथा अन्तर्राष्ट्रिय तथा एनआरएन लगानी प्रवद्र्धन समितिका सभापति चन्द्र ढकाल, गैरआवासीय नेपाली संघका संस्थापक सदस्य रामप्रताप थापा, संरक्षक दिल गुरुङ लगायत संघका पदाधिकारी एवं २० देशबाट प्रतिनिधित्व गर्नु हुने ३ सय गैरआवासीय नेपाली प्रतिनिधिहरुको उपस्थितिमा यस पाचौं युरोपियन क्षेत्रिय वैठकमा व्यक्त विचारलाई समेट्दै यो वैठक निम्न निर्णय गर्दछ ।
१.अबिरल बर्षासँगै आएको बाढी र पहिरोका कारण देशका बिभिन्न भागमा धेरै नेपालीले ज्याउन गुमाउनु भएको छ । हज्जारौको संख्यामा अहिले पनि बाढी, पहिरो र ढुवानको त्रासमा रहनु को भएको छ । यस्तो अवस्थामा यो बैठक मृतक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै अप्ठ्रोमा परेका परिवारलाई सहयोग गर्न यस क्षेत्रका सम्र्पूण एनसिसिहरुलाई आह्वान गर्दछ । सहयोग गर्न सम्बन्धित स्थानमा जाँदा आवश्यक पर्ने भौतिक सहयोग नेपाली सेनाले गर्ने सम्झौता भइसकेको छ र कुनै पनि सहयोग रकम संघको परोपकारी तथा मानव कल्याणकारी हित समिति मार्फतबाट गर्ने निर्णय गर्दछ ।
२.देशको समृद्धी नै हाम्रो चाहना हो । जसको लागि लगानीको वातावरण पहिलो आधार हो । अहिलेको अवस्थामा संविधानको पूर्ण कार्यान्वयन भई देशलाई पूर्ण स्थायित्वको बाटोमा हिँडाउदा एक तहको बिश्वास लिन सकिन्छ । जसको लागि प्रमुख राजनीतिक दलहरु वीचमा सहमती र सहकार्य होस् भन्ने संघको मान्यतालाई यो बैठक पनि पूर्ण रुपमा समर्थन गर्दछ ।
३.नेपालमा लगानी प्रवद्र्धन गर्न गैरआवासीय नेपालीको निजीक्षेत्र तथा नेपाल उद्योग बाणिज्य महासंघ बीच हुदै आएको सहकार्यलाई अझ बिस्तार गर्ने अभिप्राय स्वरुप, युरोपमा बस्ने नेपालीहरुले हाललाई रु १ अर्ब बराबरको लगानीका लागि प्रतिवद्धता अनुरुप महासंघले परियोजना छनौट गर्न पहल गर्ने निर्णय भयो ।
४.अन्तर्राष्ट्रिय समन्वय परिषदको समाजिक उद्यमशीलता बिकास उपसमितिले अगाडि सारेको लघुबित्त कार्यक्रमलाई युरोप क्षेत्रबाट सहयोग गर्ने निर्णय गर्दछ ।
५.गैरआवासीय नेपाली नेपाली संघ संचालन गरिरहेका परोपकारी तथा मानवहित सम्बन्धि र अन्य परियोजनाहरु (जस्तै ःएक हजार घर निर्माण, शंखमूल पार्क, भवन निर्माण लगायत) आवस्यक कानूनी प्रकृया पुरागरी निर्माणको चरणमा प्रवेश गरेको अवस्थामा यस क्षेत्रबाट भएको प्रतिवद्धता अनुसारको रकम तत्काल जम्मा गर्ने र अरु थप अर्थ संकलन गर्न प्रयास गर्नुका साथै स्वयमशेवी रुपमा आफ्नो शिप लगायतका सहयोग गर्न सबै राष्ट्रिय समन्वय परिषद्लाई यो बैठक आग्रह गर्दछ ।
६.गैरआवासीय नेपाली अभियानमा महिलाहरुको सहभागिता बढाउन थप प्रयास गरिनु पर्ने निश्कर्ष सहित यो बैठक, महिलाहरु बीचको सम्पर्क विस्तार गर्दै महिलाहरुको पक्षमा बिभिन्न कार्यक्रम संचालन गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।
साथै, युरोप क्षेत्रमा बसोबास गरिरहेका युवा तथा महिलाहरुको उद्यमसीलता बिकास तथा संयुक्त लगानीका परियोजनाहरु संचालन गर्न आवस्यक सहयोग गर्ने निर्णय पनि यो यो बैठक गर्दछ ।
७.यो बैठक अहिले सम्मका आठवटा क्षेत्रीय बैठक गरेको निर्णयहरुको समिक्षागर्दै त्यसको कार्यान्वयन भए नभएको मुल्यांकन गर्न एक समिति गठन गर्ने निर्णय गर्दछ ।
८.पोर्चुगल, स्पेन, आयरल्याण्ड र फिण्डल्याण्डमा नेपाली दुताबास स्थापना गर्न अन्तराष्टिय समन्वय परिषद् मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने यो बैठक निर्णय गर्दछ । साथै युरोपको बिभिन्न क्षेत्रमा हुनेका मानव तस्करीलाई रोक्न आफ्नो तहबाट उचित पहल गर्न यो बैठक प्रतिवद्धता जनाउदछ ।
९.नेपालको कानून तथा भौतिक संरचना अपांगमैत्री बनाउन तथा शारीरिक रुपमा असक्त ब्यक्तिलाई स्वःनिर्भर तथा स्वाभलम्भि बनाउने परियोजना तर्जुमा गर्न नेपाल सरकारलाई अनुरोध गर्दछ । अन्तराष्टिय समन्वय परिषदको युवा फोरम मार्फत शारिरिक रुपमा असक्त ब्यक्तिलाई स्वनिर्भर र स्वाभलम्भि बनाउन अभियान चालउने निर्णय गरियो । हाललाई शारिरिक रुपमा असक्त ब्यक्तिहरुको हितमा कार्यरत डेनमार्क निवासी अनुजा गौतमलाई गैरआवासीय नेपाली युवा दुत घोषणा गर्दै उनको अभियान अन्तराष्ट्रिय समन्वय परिषद मार्फत सञ्चालित गर्ने गरी यस भेलामा प्रतिवद्धता जनाइएअनुसार रु. ३२ लाख संकलन भएको छ । यसैगरी स्पेन निवासी आईना द्धारा संचालित परियोजनालाई प्रतिवद्धता जनाएअनुसार करिव १३ लाख अन्तर्राष्ट्रिय समन्वय परिषद् मार्फत संकलन गरि प्रदान गरिने छ ।
१०.दोश्रो पुस्ताका गैरआवासीय नेपालहरुलाई नेपालप्रति भावनात्मक सम्बन्ध कायम राख्न गर्न बिभिन्न कृयाकलाप गर्न सम्पूर्ण राष्टिय समन्वय परिषदलाई यो बैठक अनुरोध गर्दछ ।
११.भुकम्पपछि खस्कदै गएको पर्यटन क्षेत्रको पवद्र्धन गर्न अन्तराष्टिय समन्वय परिषद्ले नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेको अथितिदेवो भवः अभियानलाई सहयोग गर्ने र्निणय गरियो ।
१२.दशौँै क्षेत्रिय बैठक २०१७ मा जर्मनीमा गर्ने निर्णय गरियो ।
१३.नबौँ युरोपियन क्षेत्रिय वैठकलाई सफल बनाउनको लागि सहयोग गर्नु हुने डेनमार्क स्थित नेपाली दुतावास, गैर आवासीय नेपाली संघ अन्तराष्टिय समन्वय परिषद, राष्टिय समन्वय परिषद, पत्रकार, कलाकार तथा विभिन्न संघसंस्था तथा सम्पुर्ण सहयोगीहरु प्रति यो बैठक हार्दिक धन्यबाद तथा आभार प्रकट गर्दछ ।
३१ जुलाई २०१६