पोखरा । लायन्स क्लब अफ पोखरा लेकभ्यालीले शनिबार एक कार्यक्रमको आयोजना गरि चार्टर डे सेलेब्रेसन, माईन्युट हस्तान्तरण तथा वृक्षारोपण गरेको छ । लायन बर्ष सन् २०१५/२०१६ का अध्यक्ष भगवान पहारीले सन् २०१६/२०१७ का अध्यक्ष ईन्द्र भण्डारीलाई माईन्युट हस्तान्तरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि लायन ध्रुव श्रेष्ठले उद्घाटन गर्दै लायन्सका सामाजिक कामहरु समाजसंग मिलेर गर्नुपर्ने बताउदै क्लबका पदाधिकारीहरुले आफ्नो पदीय दायित्वबोध गर्नुपर्ने बताए ।
भिटोफ नेपालका सल्लाहकार प्रेम शर्माले लायन्सले गरेका काम माननीय भएको भन्दै मानवीय बिकासमा लाग्नेले देश र बिदेशमा राम्रो कार्य गर्न सक्ने बताए । सो अबसरमा संस्थापक अध्यक्ष राजेश पहारी र बर्तमान अध्यक्ष इन्द्र भण्डारीले संयुक्त रूपमा केक काटेर चार्टर डे सेलेब्रेसन गरिएको थियो । उक्त कार्यक्रममा जोन चियर पर्सन यदु अधिकारी, जिल्ला सल्लाहकार अनिला श्रेष्ठ, भगवान पहारी लगाएतले क्लबले सामाजिक क्षेत्रमा अनुकरणीय काम गर्दै आएको बताए ।
साथै पोखरा ६ खहरेस्थीत बंगलादी सामुदायिक भवन परिसरको २ रोपनी क्षेत्रमा बेल, रुद्राक्ष, आँप, लिची, अम्बा, नीम, पारीजात, कपुर लगायत फलफूलका वृक्ष रोपण गरिएको कार्यक्रम संयोजक रामप्रसाद गौतमले बताए । क्लबका अध्यक्ष इन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पुर्व सचिव राजेन्द्र कोइरालाले गरेका थिए ।