टर्कीमा सैन्य कू प्रयास विफल:


टर्कीका प्रधानमन्त्री बीनाली यल्दरमले गएराती भएको कूको प्रयत्न टर्कीको प्रजातन्त्रको कालो दाग भएको बताएका छन्। उनका अनुसार मारिएका १६१ जना मानिसहरुमध्ये धेरैजसो सर्वसाधारण छन् र उनीहरु आफ्नो देशको स्वतन्त्रताको लागि लड्दालड्दै मारिएका हुन्।

प्रधानमन्त्रीले कूमा भाग लिनेहरुलाई कुर्दिस्तान मिलिट्याण्ट अर्गनाइजेशन भनिने पीकेके भन्दा पनि खराब समुह थिए भनेका छन्। प्रधानमन्त्रीले कूका षडयन्त्रकारीमध्ये २० जना मारिएको बताए।

नियन्त्रण

उनले अब स्थिति पुरै नियन्त्रणमा आएको बताए।
उनले शनिबार साँझ टर्कीको झण्डा लिएर शहर र नगरहरुमा जान सर्वसाधारणसँग आग्रह गरे।
तल प्रस्तुत छ दिनभरको घटनाक्रम:
——————————————————
सारांश
१. टर्कीको सेनाले भनेको छ सशस्त्र फौजको कू प्रयत्न विफल भएको छ।
२. टर्कीका प्रधानमन्त्रीले भनेका छन् कू प्रजातन्त्रमाथि कालो धब्बा हो।
३. प्रधानमन्त्री बिनाली यल्दरमले १६० भन्दा बढि मारिएको र १४४० घाइते भएको बताएका छन्।
४. यल्दरम अनुसार २८०० भन्दा बढि सैनिकहरुलाई गिरफ्तार गरिएको छ।
५. राष्ट्रपति एर्दोआनले टर्केली कू प्रयत्नको निन्दा गरेका छन्।
—————————————————-
१५:२८ प्रधानमन्त्री बिनाली यल्दरमले प्रत्यक्ष संबोधनमा भने

टर्कीका प्रधानमन्त्रीले जीएमटी १२ बजे संसदको बैठक गर्ने भएका छन्
१. स्थिति पूर्ण नियन्त्रणमा आएको छ र राष्ट्रपतिप्रति वफादार कमाण्डरहरुको नियन्त्रणमा छ।
२. गिरफ्तार गरिएका सशस्त्र फौजका सदस्यहरुमा तल्लो दर्जाका सिपाहीदेखि अधिकृतसम्मका छन्।
३. अझै पनि गिरफ्तार गर्ने क्रम जारी छ।
४. यसको “पहिलो चरण” पुरा भएको छ र जिम्मेवार टर्की राष्ट्रलाई कलंकित तुल्याउने प्रयास गर्नेहरुलाई “कारवाही” गरिनेछ।
५. यसअघि राष्ट्रपतिको कार्यालयले गरेको आव्हान जस्तै प्रधानमन्त्रीले भने- यो साँझ बजार र शहरका चोकहरु जनताले भरिभराए गरुन्।
६. प्रधानमन्त्रीले संसदीय बैठक जीएटी १२ बजे गर्ने भएका छन्।
१५:२१ टर्कीका प्रधानमन्त्री: १६१ को मृत्यु
टर्कीका प्रधानमन्त्रीले ‘कू’ प्रयासका क्रममा १६१ को मृत्यु भएको र १४४० जना घाइते भएको जनाएका छन्। उनले २८०० भन्दा बढी सशस्त्र फौजका सदस्यलाई हिरासतमा लिइएको बताए।
१५:१३ टर्कीका प्रधानमन्त्री: सेनामा रहेको समानान्तर संरचना कू को कारक

टर्कीका प्रधानमन्त्रीले सेनाको संरचनालाई दोष दिएका छन्
प्रधामन्त्री यल्दरमले सेनामा रहेको “समानान्तर संरचना”का कारण कू प्रयत्न भएको बताएका छन्।
टर्कीका नेताहरुले निर्वासनमा रहेका इश्लामिक धर्मगुरु फेतुल्लाह गुलेन लाई इंगित गर्दै यो शब्दावली प्रयोग गर्ने गरेका छन्। उनले गत रातको घटनामा कुनै संलग्नता इन्कार गरेका छन्।
१५:०९ कू समर्थकहरु उनीहरुको नियन्त्रणमा रहेको अन्तिम कार्यालयमा आत्मसमर्पण गर्न खोजिरहेका छन्-रिपोर्टहरु
राज्य सञ्चालित अनाडोलु समाचार एजेन्सीका अनुसार सैन्य प्रमुखको मुख्यालय नियन्त्रणमा लिइरहेका सैनिकहरुले आत्मसमर्पण अघि संझौता गर्ने प्रयत्न गरिरहेका छन्।
राष्ट्रपति कार्यालयमा रहेका एकजना अधिकारीका अनुसार कू समर्थकहरुको नियन्त्रणमा रहेको यो अन्तिम सैन्य कार्यालय हो।
१५:०५ टर्कीको कू माथि विश्व प्रतिक्रिया
रुस:
विदेश मन्त्रालयले रातभरका घटनाहरुबाट ‘असाध्यै चिन्तित’ भएको बताएको छ।
वक्तव्यमा भनिएको छ, “यो देशमा आतंकवादी खतराको वतर्मान पृष्ठभूमिमा भड्किएको घरेलु राजनीति र यो क्षेत्रमा रहेको सशस्त्र द्वन्द्वले अन्तर्राष्ट्रिय र क्षेत्रीय स्थिरतामा उच्च जोखिम शुरु भएको छ।”

ह्वाइट हाउसले भनेको छ, राष्ट्रपति बराक ओबामा र विदेशमन्त्री जोन केरीले ‘टर्कीका सबै समुहले प्रजातान्त्रिक ढंगले निर्वाचित टर्कीको सरकारलाई समर्थन गर्नु पर्ने कुरामा जोड दिँदै संयम देखाउन र कुनै पनि हिंसा वा रक्तपातबाट जोगिन’ आग्रह गरेका छन्।

इरान:

टर्कीको क्षेत्रीय प्रतिद्वन्द्वी इरानले यो क्षेत्रमा कू हरुको विनाश अनिवार्य रहेको बताएको छ। इरानी विदेशमन्त्री जवाद जरिफले भनेका छन्, “टर्कीको संकट गम्भीर चिन्ताको विषय हो, स्थिरता, प्रजातन्त्र र टर्केली जनताको सुरक्षा प्रमुख हो। एकता र विवेकको प्रयोग अनिवार्य छ।”
१४:३९ मृत्युदण्ड ‘ब्युँताउन सकिन्छ’
सरकारले ‘कु’ को प्रयास गर्नेहरुलाई मृत्यु दण्ड दिने प्रावधान पुनर्स्थापित गर्ने कुरा विचार गर्ने सत्ताधारी दलका उपप्रमुख मेहमेत म्वेज़िनोगलूले बताएका छन्।

सैन्य कू सम्पूर्ण रुपमा विफल नभएको हुन सक्छ

१४:२६ कार्यवाहक सेना प्रमुख: थुप्रै सैन्य कमाण्डर नियन्त्रणमा सैन्य कू प्रयत्न सम्पूर्ण रुपमा विफल भइसकेको छैन जस्तो छ। अंकारास्थित सैन्य फौजको मुख्यालयमाथि पूर्ण नियन्त्रण लिन कारवाही भइरहको रोयटर्स समाचार एजेन्सीले टर्कीका अधिकारीलाई उद्धृत गर्दै भनेको छ।

सैन्य फौजहरुले मुख्यालयको परिमिति सुरक्षित गरिरहेको बताइएको छ। यसैबीच कार्यवाहक सैन्य प्रमुख जनरल उमित डण्डरले टेलिभिजन संबोधनमा भनेका छन् – कू मा संलग्न सिपाहीहरुले कैयौं सैन्य कमाण्डरहरुलाई नियन्त्रणमा लिएका छन्।

१४:०९ सय भन्दा बढि कू योजनाकार मारिए: कार्यवाहक सैन्य प्रमुख

कार्यवाहक सैन्य प्रमुख उमित डण्डरले १०४ जना ‘कू षडयन्त्रकारीहरु’ मारिएको बताएका छन्। यस अघि हामीले नब्बे जना मारिएका भनेका थियौं-४१ जना प्रहरी अधिकारी, ४७ जना सर्वसाधारण र २ जना सिपाही।
अब सैन्य कू प्रयत्नमा अनुमानित कुल मृतकको संख्या १९० भन्दा बढि भएको छ।
१३:५५ सेवा सुचारु गरिए पनि एटाटर्क विमानस्थलमा अस्तव्यस्त छ
१३:१५ विदेश मन्त्री जोन्सनको प्रतिक्रिया
ब्रिटिश विदेश मन्त्रीले निर्वाचित सरकारप्रति समर्थन व्यक्त गरे
ब्रिटिश विदेश मन्त्री बोरिस जोन्सनले सैन्य कू प्रयत्न पश्चात उनका टर्कीका समकक्षी मेवलट क्याभुसोग्लुसँग कुराकानी गरेको बताएका छन्। ट्वीटरमा उनले भनेका छन्- मैले प्रजातान्त्रिक रुपमा निर्वाचित सरकार र संस्थाहरुप्रति यूकेको समर्थन रहेको प्रष्ट पारेँ।
१२:५२ ‘सडकमा रक्तपात’
अंकारास्थित फोटोपत्रकार पीयरो क्यास्टेल्यानोले बीबीसीलाई भने ‘राष्ट्रपति एर्दोआनले टेलिभिजनमा समर्थनका लागि अपील गरेपछि सर्वसाधारण सडमा ओइरिएका थिए। मानिसहरु मुख्य चोकमा गए सेनाका ट्यांक र बख्तरबन्द गाडीतर्फ गए। त्यहाँ रक्तपात भयो।’
“त्यो अनपेक्षित थियो। संभवत गए रातीसम्म टर्कीका जनता र उनीहरुका सेनाबीच बलियो सम्बन्ध थियो ।”
“त्यसैले जब सेनाले भीडमाथि गोली चलायो मानिसहरु स्तब्ध बने। ”

बीबीसी नेपाली सेवाबाट साभार :–