युरो कप चलीरहेका बेला,जर्मनीका नेपालीहरु एनआरएन कपमा भिड्दै


जर्मनी / पेरिसमा जारी युरो कप हेरेर मज्जा लिईरहेका बेला जर्मनीका नेपालीहरु भने फुटबल मैदानमा आपसमा नै भिड्ने भएका छन्। “एनआरएन जर्मनी कप २०१६” फुटबल प्रतियोगिता हुने भए पछि नेपालीहरु मैदानमा भिड्न लागेका हुन्।  आगामी जुन २५ तारिख नेपालीहरु बीच एनआरएन जर्मनी कप फुटबल प्रतियोगिता हुँदैछ।

एनआरएनए जर्मनीले आफ्नो क्षेत्रिय कमिटी एलसीसी हेसेनसँग मिलेर संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न गर्न लागेको एलसीसी हेसेनका कोर्डीनेटर लोकमणी ढकालले जानकारी दिए। प्रतियोगितामा हालसम्म जर्मनीभर बाट  दशबटा टीमहरु दर्ता गराईसकेका छन्।

टिम तयार गर्न एनआरएनए जर्मनीका बर्लिन ह्याम्वर्ग, ब्रेमेन निदरज्याक्सन, एनआरडव्ल्यु म्युनिखका एलसिसीहरुले सहयोग गरिरहेका छन् । एनआरएनएका केन्द्रिय र स्थानिय पदाधिकारीहरु सम्मिलीत एउटा छुट्टै टिम पनि तयार पारिएको ढकाल बताउँछन्।

टाढा टाढावाट आउने खेलाडी र दर्शकहरुलाई वस्नको निमित्त होटलहरु बुक भैसकेका छन्। प्रतियोगिताको पुरस्कार तथा मेडल,प्रमाणपत्रको लागि बिभिन्न ब्यबसायीहरु र एनआरएनएका पदाधिकारीहरुले स्पोन्सर गरेको ढकालले जानकारी दिए। स्पोन्सरहरुको नाम खेल प्रतियोगिताको दिन प्रकासित गरिने र स्पोन्सर्सिपबाट उठेको बाँकी रकम एनआरएनएले  च्यारिटीमा खर्च गरिने भएको छ। प्रतियोगितालाई लिएर जर्मनीको नेपाली समुदाय निकै उत्साहित बनेको छ।

कार्यक्रमबारे पूर्ण बिबरण:-

मिति :- २५ जुन २०१६

स्थान: Heinrich-Seliger-Straße, 60528 Frankfurt am Main / FC Union Niederrad Stadion.

समय : बिहान १० बजे देखि साँझ ७ बजे सम्म