पेरिस/ फ्रान्समा युरो कप प्रतियोगिता जारी भईरहदा इंग्लयाल्न्ड र रसियाका समर्थक बीच झडप भएको छ। दुवै टिम बीच खेल सुरु हुनु भन्दा अघि र सकिए पछि पनि हिंसात्मक झडप भएको बीबीसीले जनाएको छ। झडपमा परी केहिँ गम्भिर घाईते भएको बताईएको छ।
हिंसालाई नियन्त्रण लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो। शनिबार राति भएको इंग्लयाल्न्ड र रसिया बीच खेल भने १ -१ को बराबरीमा सकिएको छ।
आतंककारी त्रासदी पछि संकटकाल घोषणा गरेको आयोजक फ्रान्सले सुरक्षा ब्यबस्था कडा पार्दै युरो कप सुरु गरिरहेको बेला,फुटबल समर्थकहरु बीचकै हिंसात्मक गतिबिधिले पेरिसको सुरक्षामा झन् चिन्ता बढेको छ।