टुहुरोको छोरो टुहुरो सामाजिक उपन्यास पोखरामा लोकार्पण


पोखरा । संघर्षमा कलम साहित्य समाज पोखराको आयोजनामा शनिबार साहित्यकार जीवन बराल संघर्षको कृति टुहुरोको छोरो टुहुरो सामाजिक उपन्यासको दोस्रो संस्करणको लोकार्पण गरेको छ ।

कार्यक्रममा बिशिस्ट अतिथि डा. रुपक श्रेष्ठ, दुर्गा बहादुर शाह बाबा र डा. जगन्नाथ रेग्मीले एकै साथ कृतिको लोकार्पण गरेका थिए ।

कार्यक्रममा साहित्यकार दीपक पराजुलीले कृतिको समिक्षा र गोर्खा मिलन समाजका अध्यक्ष सुर्य बहादुर क्षेत्रीले लेखक जीवन बराल संघर्षको पारिवारिक, समाजिक जिवनको बारेमा जानकारी दिनुका साथै उनको कृति टुहुरोको छोरो टुहुरोको परिचर्चा गरेका थिए ।

प्रगतिशील लेखक संघ कास्कीका अध्यक्ष भिम रानाभाट जिज्ञासु, हेम्जा साहित्य प्रतिस्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेल, गीतकार सुमन श्रापित, ब्यबसायी प्रेमबहादुर कार्की, पृथ्वी राजमार्ग बस संचालक समितिका महासचिव योगेन्द्र केसी, साहित्यकार नारायण पन्थी, लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।

साहित्यकारहरु अम्बिका भण्डारी र गुरुप्रसाद कुमाल बुलबुलले रचना वाचन गरेका थिए ।

समाजका अध्यक्ष असफल गौतमको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सदस्य ओमकार लामिछानेले र स्वागत उपाध्यक्ष कृष्ण रानाभाट सारथिले गरेका थिए ।

1 COMMENT

Comments are closed.