पोल्याण्डबाट एक नेपालीले चलाए,पानि अभियान (मन छुने भिडियो हेर्नुहोस् )


बार्सिलोना/ पोल्याण्डबाट एक नेपालीले पानि अभियान चलाएका छन्। दाङ् स्थायी घर भई हाल पोल्याण्ड बस्दै आएका मित्र लाल पार्देले ५० हजार रुपैयाँ सहयोग गर्दै यो अभियान सुरु गरेका हुन्।

दाङ् लक्ष्मीपुर ७ र ८ सुनपुरमा हरेक घरमा पानि आउँने धारा होस् भन्दै पार्देले १ करोड रुपैयाँ सहयोग जुटाउँने महत्वकाक्षी योजना अघि सारेका छन्। “करोड पानी अभियान” नाम दिदै सामाजिक संजाल फेसबुक मार्फत उनले ब्यापक बनाएका छन्।

आफ्नो जन्म दिन फेब्रुअरी २९, २०१६ को अवसरबाट अभियान सुरु गरेका उनको हरेक घरमा धारा होस् गाउँमा सिचाई होस् भन्ने चाहना रहेको छ। सधै सरकारको मुख ताकेर बस्दा,खासै पहल हुन नसके पछि आफ्नो गाउँलाई आफै बनाउन उनि विदेशवाट नै कस्सिएका छन्। यो बारे प्रकाश तिवारीले तयार पारेको एक रिपोर्ट हेर्नुहोस्। 

3 COMMENTS

  1. Subash Khadka जि ले के भन्न खोज्नु भएको हो ? राम्रो काम गर्न खोज्ने ब्यक्तिलाई एकै चोटी लान्छना लगाउनु राम्रो भएन नि ? तपाईं पनि बिदेशमा नै हुनु हुन्छ – सके मदत गर्नुस्, होस्टेमा हैसे गर्नुस तर मन परी नभन्नु राम्रो होला कि ?

    त्यो गाउंमा के भई रहेको छ बुझ्नु भएको छ ? पहिले बुझ्नुस यदी त्यस्तै कमाइ खाने भाडो भएको भए अनि लेख्नुस्, गाली गर्नुस ।

  2. Subash Khadka जि ले के भन्न खोज्नु भएको हो ? राम्रो काम गर्न खोज्ने ब्यक्तिलाई एकै चोटी लान्छना लगाउनु राम्रो भएन नि ? तपाईं पनि बिदेशमा नै हुनु हुन्छ – सके मदत गर्नुस्, होस्टेमा हैसे गर्नुस तर मन परी नभन्नु राम्रो होला कि ?

    त्यो गाउंमा के भई रहेको छ बुझ्नु भएको छ ? पहिले बुझ्नुस यदी त्यस्तै कमाइ खाने भाडो भएको भए अनि लेख्नुस्, गाली गर्नुस ।

Comments are closed.