डेनमार्कमा पर्यटन प्रबर्धन सम्बन्धी कार्यक्रम सम्पन्न


कोपेनहागेन/ डेनमार्कको राजधानी कोपेन्हागेनमा नेपालको पर्यटन सम्बन्धी कार्यक्रम शनिबार सम्पन्न भएको छ। बिश्व शान्ति तथा बुद्धको जन्म नेपालमा भएको भन्ने सन्देश दिने उदेश्य सहित बिश्व साइकल यात्रामा आएका साईकल यात्रीहरुको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको हो।

साईकल यात्रीहरु  लोक बन्धु कार्की र जनार्धन खनालको कोपनहेगन यात्राको अबसर पारेर, नेपाल पर्यटन बोर्ड मानार्थ जनप्रतीनिधी डेन्मार्क तथा गौर आबासिय नेपाली सघ राष्ट्रिय समन्य परीषद डेनमार्कको सामुहिक पहलमा कार्यक्रम सम्पन्न भएको थियो।

कोपेन्हागेन को सिटी सेन्टरबाट गैर आबासिय नेपाली सघ का प्रतीनिधी तथा सहभागिहरुले नेपालको पर्यटन बारे  जानकारी सहित ,नेपालको झन्डा फहराउदै २ घण्टा सम्म प्रचारात्मक कार्यक्रम गरेका थिए।  कार्यक्रमको समापन गर्दै संघका अध्यक्ष  दीपेन्द्र चुडाडले छोटो समयको सुचनाको आधारमा आयोजाना भएको कार्यक्रममा सहभागी सबैलाई धन्यबाद दिए ।

नेपाल पर्यटन बोर्ड डेनमार्कका मानार्थ जन प्रतीनिधी सोम सापकोटाले नेपालामा गत बर्षाको भुकम्प पछी नकरात्मक सन्देशका कारण डेनमार्कबाट नेपाल भर्मण गर्ने पर्यटकहरुको सख्या घटेकोले यस्ता सन्देश मुलुक कार्यक्रमले नेपाल सुरक्षित रहेको सन्देश मिल्ने बताए। 13296222_1425939370755903_1801896372_n13296095_1425939237422583_33705743_n