महतो,लामिछाने र घले सहित व्यापार प्रवर्द्धन समितिमा पाँच सल्लाहकार


बार्सिलोना/ गैर आवासीय नेपाली संघ व्यापार तथा लगानी प्रवर्द्धन समितिको सल्लाहकारमा संस्थापक अध्यक्ष उपेन्द्र महतो,पुर्ब अध्यक्ष जीवा लामिछाने तथा बर्तमान अध्यक्ष शेष घले मनोनित भएका छन्। यस अघि लामिछाने र घले मनोनित भए पनि शनिवार बसेको बैठकले सल्लाहकारमा डा. महतोलाई पनि थपेको छ।

यस्तै बैठकले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपतिमुरारका र ग्लोबल आईएमई  बैंकका अध्यक्ष चन्द्र ढकाललाई सल्लाहकारमा मनोनित गरेको छ । पछिल्ला ३ मनोनयन सँगै समितिमा सल्लाहकार संख्या पाँच पुगेको छ। गैर आबासीय नेपाली संघको ब्यापार तथा लगानी प्रवर्द्धन समिति निकै महत्वपूर्ण मानिन्छ।

समितिमा अध्यक्ष  यूरोप क्षेत्रीय संयोजक कुल आचार्य रहेका छन्। समितिको बैठकले, सरकारले ल्याएको बजेटमा आकर्षक मुनाफा दिने खालका जलविद्युत आयोजनाहरुमा लगानी गर्न एउटा नया जलविद्युत कम्पनी खोल्ने र त्यसमा गैर आवासीय नेपाली हरुलाईपनि लगानीको अवसर दिने घोषणाको स्वागत गरेको छ ।

बजेटको दफा ३७  मा उक्त प्रस्तावित कम्पनीमा न्यूनतम ५१  प्रतिशत शेयर सरकारको र बाकी ४९ प्रतिशत सम्म नेपाली जनता र  गैर आवासीय नेपालीहरुकालागी खुला गर्ने उल्लेख छ । समितिको बैठकले एसबारे छिट्टै सम्बन्धित सरकारी निकायहरुसंग समन्वय गरी गैर आवासीय नेपालीहरुकोलगानीको स्वरूप बारे स्पस्ट पार्न अनुरोध गर्ने निर्णय पनि गरेको छ ।