डेनमार्कमा गणतन्त्र दिवस मनाइयो


कोपनहेगन । नेपाली दुतावास डेनमार्कले एक कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाएको छ । डेनमार्कमा रहेका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधी एवं दुतावासका कर्मचारीहरुको उपस्थितिमा गणतन्त्र दिवस मनाउने कार्य सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै डेनमार्कका लागि नेपाली कार्यवाहक राजदुत रामकाजी खड्काले गणतन्त्र दिवसको सबैमा शुभकामना दिंदै देशमा गणतन्त्र आव संगै नयाँ संविधानको कार्यन्वयनको चरणमा रहेकोले देशको साधन र स्रोतको सम्पूर्ण जनतामा उचीत बाँडफांड हुन सक्यो भने गणतन्त्र संस्थागत गर्न धेरै सजिलो हुने कुरा बताए ।

दुतावासका सहचारी माधवराज काफ्लेले सहभागी सबैलाई स्वागत गर्दै कार्यक्रमको संचालन गरेका थिए । सोहि कार्यक्रममा कोपनहेगन म्याराथुनमा दौड पुरा गर्ने मनोज दाहाल र मेन्दो लामालाइ सम्मान पत्र सहित सम्मान गरिएको थियो भने नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा सहयोग गरे वापत कलाकारहरुको संस्था इनासलाइ सम्मान पत्र दिएएको थियो ।

साइकल यात्रीलाइ सहयोग ।
यसैगरी सो कार्यक्रममा बुद्ध नेपाल जन्मेको संदेश छर्न विश्व साइकल यात्राको क्रममा हाल डेनमार्क आइपुगेका साइकल यात्रीहरु लोकबन्धु कार्की र जनार्धन खनाललाइ आर्थिक सहयोग गरिएको थियो । सहभागी सबैबाट रकम उठाएर १८ सय एकाउन्न डेनिस क्रोनर साइकल यात्रीद्वयलाइ वितरण गरिएको एन आर एन आइ सी सी सदस्य तथा पर्यटन बोर्डका डेनमार्क प्रतिनिधी सोम नाथ सापकोटाले जानकारी दिए ।