पोखरा । बिरौटा क्लब पोखरा १७ ले कर्णाली अञ्चलको बिकटमा रहेको मुगु जिल्लामा पुगेर सुनकली पढ्ने स्कुललाई सहयोग गरेको छ ।
मुगु जिल्लाको सदरमुकाम दमगढीमा आयोजना गरेको एक कार्यक्रममा नगद एक लाख अक्षयकोष स्थापनार्थ सहयोग गरेको हो।
सहयोग रकम क्लबका अध्यक्ष सुर्य बरालले विदद्यालयका अध्यक्ष हंस बदुवाल र शिक्षीका बिमला श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । उनलेे रकम हस्तान्तरण गर्दै आफ्नो क्लबले पोखरामा सुनकली डकुमेन्ट्री प्रदर्शन गरेर संकलन भएको रकम आफ्नै हातले दिन आएको बताए ।
बिरौटा क्लबको आयोजनामा पोखरा देखि मुगुको रारा तालसम्म साईकल सिटि पोखराले सहाआयोजकको भुमिका खेलेको थियो । सिटिका १० जना सदस्य साईकल लिएर त्यहाँ पुगेका थिए ।
यात्रामा सुनकली डकुमेन्ट्रीका निर्देशक/ वरिष्ठ पत्रकार भोजराज भाट, फ्रान्सेली पत्रकार लुईस, लगाएत आरके अदिप्त गिरीको सहभगिता रहेकोे थियो ।
सो अबसरमा विभिन्न संघ संस्थाले पठाएको सहयोग पनि हस्तान्तरण गरिएको थियो । बिष्णु बरालले ५० थान सल, प्रकास केसीले रारा चाउचाउ, बाबा फाउन्डेसनले सेनेटरी कीट, १५ बर्षिया साईक्लिस्ट शालु घिमिरेले फुटबल किन्न दुई हजार नगद सहयोग गरेका थिए ।
पोखराको समुहलाई सुनकली लगाएतको टीमले नेपालको सबैभन्दा ठुलो ताल रारा तालमा स्वागत गरेका थिए ।