इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले जोजे माउरिन्होलाई प्रशिक्षक नियुक्त गरेको छ ।प्रिमियर लिगमा भोगेको असफलता पनि लुईस भान गाललाई बर्खास्त गरेको युनाइटेडले माउरिन्होलाई क्लब जिम्मा लगाएको हो ।
माउरिन्हो गत डिसेम्बरमा अर्को इंग्लिस क्लब चेल्सीबाट बर्खास्त भएका थिए । पोर्टो, इन्टर मिलान र रियल मडि्रडका पूर्व प्रशिक्षक मारिन्हो चेल्सीमा भने दुई पटक प्रशिक्षक बने ।
म्यानचेष्टर युनाइटेड भने एलेक्स फर्गुसनले अवकास लिएपछि पि्रमियर लिगमा संघर्षरत छ । पछिल्लो तीन वर्षमा उसले शीर्ष चार भन्दा माथि स्थान बनाउन सकेको छैन ।
माउरिन्होले हालै पिएसजी छोडेका जाल्टान इभ्रामोविचलाई पनि म्यानचेस्टर ल्याउने प्रयास गरेको जनाइएको छ । जाल्टानले इन्टरमिलानमा माउरिन्होको खेलाडीका रुपमा खेलेका थिए ।