राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तिमगरले बहिनिको हत्या भएको दुखद खबर पाए पछि नेपाल फर्किने भएका छन्। बहिनीको शंकास्पद मृत्युबारे एन्फाले जानकारी गराए पछि (शक्रबार) बिहान साढे ९ बजे घर्तिमगर नेपाल फर्कदै छन्।
घुँडामा लागेको चोटको उपचार गर्न दुई साताअघि मे ११ तारिख घर्तिमगर बेल्जियम आईपुगेका थिए। युरोपमा अबसरको खोजी गर्दै राष्ट्रिय टोलीका युवा स्ट्राइकर घर्तीमगर बेल्जियम आएका हुन् । युरोप आउँनु अघि घर्तिमगरले आफ्नो फेसबुक पेजमा लेखेका थिए ” युरोपमा अवसर खोज्दै बेल्जियम जादै छु । आशा गर्द छु देश को नाम राख्ने छु ।”
यसैबीच नेपाली भारतमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकुददेखि लिगामेन्टको चोट झेलिरहेका राष्ट्रिय स्ट्राइकर घर्तीमगरको थप उपचारका बेल्जियममा भईरहेको बताईन्छ। साग गेम्सको फुटवल तर्फ सेमिफाइनलमा माल्दिभ्स बिरुद्धको खेलमा स्ट्राइकर बिमलको बायाँ खुट्टामा चोट लागेको थियो ।
त्यस प्रतियोगिताको फाइनलमा उनले भारतबिरुद्ध पेन किलर लिएर खेलेका थिए । स्तरीय उपचारका लागि एजेन्ट रिगार्ड लुईसले उनलाई बेल्जियम बोलाएका थिए।